निर्वाचनमय मुलुक : गाउँदेखि शहरसम्मै चुनावको उल्लास
काठमाडौ, बैशाख २७– पहिलो चरणमा हुने स्थानीय निर्वाचनका लागि चार दिनमात्र समय बाँकी रहँदा विभिन्न राजनीतिक दलहरु आ–आफ्ना उम्मेदवारसहित जनताको घरदैलोमा पुगेर चुनाव प्रचारप्रसार गर्दै मत माग्न व्यस्त बनेका छन् ।
अहिलेसम्म फाट्टफुट्ट घटनाबाहेक पहिलो चरणमा निर्वाचन हुने मुलुकका २ सय ८३ स्थानीय तहमै निर्वाचन प्रचारप्रसार शन्तिपुर्ण ढंगबाट भइरहेको गृहमन्त्रालयले जनाएको छ । राजनीतिक दलहरुले पनि चुनावी गतिविधि उत्साहपूर्ण ढङ्गबाट भइरहेको जनाएका छन् ।
चुनाव प्रचारप्रसारकै क्रममा मंगलबार दोलखामा एमाले र माओवादी कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ । यो बाहेक रुकुममा सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्र तथा गोर्खामा माओवादी केन्द्र र नयाँ शक्तिका कार्यकर्ताबीच सामान्य झडपका घटना भएका छन् । यस्तै धादिङ, चितवनलगायतका स्थानमा चुनावी प्रचारप्रसारमा प्रयोग भएका केही गाडीमा आगजनी भएका छन् । यसका अलावा देशका अन्य स्थानमा चुनावप्रसार प्रायः शान्तिपूर्ण भएको हाम्रा स्थानीय सम्बाददाताहरुले बताएका छन् ।
पहिलो चरणमा मुलुकका तीन प्रदेशका ३४ जिल्लामा हुने स्थानीय निर्वाचनका लागि ४९ हजारभन्दा बढि उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् भने झण्डै ५० लाख मतदाताले मतदान गर्दैछन् । मतदाताहरु पनि आफुले चाहेको उम्मेदवारलाई मत दिन आतु देखिएका छन् । गाउगाउमा उम्मेदवारसँगै सर्वसाधारणहरु पनि चुनावी प्रचारमा निस्किएका छन् । निर्वाचन आयोगबाट चुनाव चिह्न प्राप्त गरेपछि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेतले मतदाता फकाउन विभिन्न प्रचार शैलीको प्रयोग गरिरहेका छन् । नयाँ तथा पुरा दलहरुका उम्मेदवारहरुले सामाजिक सञ्जालदेखि घरदैलो र मेलापातसम्म पुगेर हात जोड्दै मत मागिरहेका देखिन्छन् । पछिल्लो समय सामाजिक सञ्जाल समेत चुनाव प्रचारका सामाग्री, उम्मेदवारको फोटा र उम्मेदवारका चुनावी एजेण्डाहरुले छपक्कै भरिएका छन् ।
पार्टी कार्यालय, नेताको घर र जिल्ला सदरमुकाममा घुमीरहने अधिकांश पार्टीका नेताहरु अहिले भने निर्वाचन प्रचारप्रसारका लागि स्थानीय तहका वडा–वडा र घरघर पुगिरहेका देखिन्छन् । काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, पोखरा लगायत सुगम क्षेत्रका उम्मेदवार पार्टीको झन्डा र उम्मेदवारको तस्बिर सार्वजनिक सवारी साधनमा टाँगेर प्रचारप्रसार गरिरहेका छन् भने कतिपयले समुह र बाजागाँजासहित पैदल नै हिडेर पनि प्रचारमा जुटेको देखिएको छ । पहिलो चरणको निर्वाचनबाट १३ हजार ५५६ जनप्रतिनिधिको चयन हुनेछ । बीस वर्षपछि हुन लागेको निर्वाचनको महाअभियानको माहोल बनाउँदै मतदातालाई आफ्नो पक्षमा ल्याउने दौडधुप र चटारोमा उम्मेदवारको दिनचर्या बित्न थालेको पाइएको छ ।
कतिपयस्थानमा केन्द्रीय तहका नेताहरु नै आफ्ना पार्टीका उम्मेदवार जिताउन चुनावी कार्यक्रममा सहभागि हुन थालिसकेका छन् । एमाले अध्यक्ष केपी ओलीले काठमाडौ महानगरपालिकाका एमाले उम्मेदवार विद्यासुन्दर शाक्यलाई जिताउन आव्हान गर्दै चुनावी माहोल बनाएका छन् भने कांग्रेसका नेता प्रकाशमान सिंह पनि आफ्नो पाटीको तर्फबाट काठमाडौ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका राजुराज जोशीलाई जिताउन जनतासँग मत चुनावी प्रचारमा जुटेको पाइएको छ । त्यस्तै माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसाल पनि काठमाडौ, ललितपुर र भक्तपुरका उम्मेदवारलाई जिताउन मत माग्दै अन्य नेता कार्यकर्ताजस्तै चुनावी अभियानमा सक्रिय भएकी छन् ।
उच्च सुरक्षा सर्तकता निर्वाचन हुने स्थानहरुमा अहिलेबाटै उच्च सुरक्षा सर्तकता अपनाएको गृहमन्त्रालयले जनाएको छ । गृह प्रवक्ता बालकृष्ण पन्थिका अनुसार, मतदान केन्द्र, उम्मेदवार, चुनावी प्रचारप्रसार लगायतका विषयलाई मध्यनजर गर्दै सवै स्थानमा सुरक्षाको व्यवस्था मिलाइएको छ । उपत्यकाको हकमा भने धेरैजसो स्थानमा सिसिटीभिमार्फत एकै ठाउबाट धेरै मतदान र मुख्य चोकको सुरक्षाअवस्था बुझ्न सक्ने गरी ब्यवस्था मिलाइएको छ । चुनावका दिन जडान भएका सिसिटिभिमार्फत एकै ठाउबाट काठमाडौ उपत्यकाका मतदान केन्द्रहरुको निगरानी गर्न सहज हुनेगरी व्यवस्था मिलाएको प्रहरीले जनाएको छ ।
निर्वाचन आयोग पनि सक्रिय यता,निर्वाचनका लागि सवै तयारी पुरा गरेको आयोगले भोली (बिहीबार) बैशाख २८, २९ र ३० गते सवै मतदान केन्द्रबाट मतदाताको परिचयपत्र वितरण गर्ने जनाएको छ ।
नमुना मतपत्र समेत लिएका मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेवकले मतदता परिचयपत्र लिन आउने मतदाताहरुलाई मतदान गर्ने सहि तरिका सिकाउने बताइएको छ । यस्तै आयोगले स्थानीय तह निर्वाचनका लागि मतदाताहरुलाई निर्वाचन चिन्हबारे जानकारी दिन बैशाख २८ देखि ३० सम्म समय तोकेको छ । ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता र स्वयसेवक परिचालन गर्ने आयोगको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण