स्वयम्भूमा बुद्धजयन्तीको उपलक्ष्यमा बुद्ध पूजा
काठमाडौँ, २७ वैशाख । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्वयम्भूमा २५६१औँ बुद्धजयन्तीको उपलक्ष्यमा आज विशेष बुद्ध पूजा सुरु गरेको छ ।
महासमितिले प्रत्येक वर्ष बुद्धजयन्तीका दिन उक्त स्थानमा बुद्धाचार्य समाजको सहयोगमा विधिविधानपूर्वक बुद्धपूजा गर्ने गर्दछ । त्यस क्षेत्रमा आज साँझसम्म करिब एक लाख भक्तजनले दर्शन गर्ने महासमितिले जनाएको छ ।
उक्त स्थानमा काठमाडौँ तथा त्यसवरपर क्षेत्रबाट भक्तजनको भीड लागेको छ । स्वयम्भूमा रङ्गरोङ्गन तथा सरसफाइसमेत गरिएको छ । विभिन्न सङ्घसंस्थाको सहयोगमा निःशुल्क पानी वितरण, खिर भोजनसमेत गराइएको छ ।
महासमितिका अध्यक्ष सर्वज्ञरत्न तुलाधर, उपाध्यक्ष ज्ञानु लामा, कोषाध्यक्ष पुण्यसागर लामालगायतका पदाधिकारी त्यहाँ आउने भक्तजनको सुविधाका लागि स्वयम्सेवकका रुपमा खटिएका न् । आकस्मिक घटना घट्न सक्ने सम्भावनालाई दृष्टिगत गरी एम्बुलेन्स तैनाथ अवस्थामा राखिएको छ ।
नकःमि समाज सेवा पूचःले शान्तिपोखरी नजिकै रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सो पूचःका उपाध्यक्ष चन्द्रलाल नकर्मीले रगतको अभाव रहेको समाचार सुन्नमा आएकाले आजको दिन पारी सो कार्यक्रम गरिएको जानकारी दिए ।
महासमितिले शान्तिका उपदेश तथा नैतिक शिक्षालाई फैलाउने उद्देश्यले आजको दिन विभिन्न कार्यक्रम सञ्चालन गर्ने समेत जनाएको छ । सोही सन्दर्भमा आजका दिन पर्यटकलाई उक्त सम्पदास्थलमा निःशुल्क दर्शनको व्यवस्था गरिएको जनाइएको छ भने आज साँझ दीपावली गर्ने कार्यक्रम छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण