कञ्चनपुरमा अनिश्चितकालीन शैक्षिक संस्था बन्द कार्यक्रम फिर्ता
कञ्चनपुर, २७ वैशाख । शुल्क वृद्धि फिर्ताको माग सार्दै आन्दोलनमा उत्रिएका छ विद्यार्थी सङ्गठनहरुले निजी विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका छन् । निजी विद्यालयसँग मङ्गलबार आठबुँदे सहमति गर्दै विद्यार्थी सङ्गठनले विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा निजी विद्यालयको छाता सङ्गठनका प्रतिनिधि, संयुक्त विद्यार्र्थी सङ्गठन, शिक्षा कार्यालयका प्रतिनिधिसहितको बैठकले निजी संस्थागत विद्यालयमा गरिएको अनिश्चितकालीन शैक्षिक हडतालका कार्यक्रम फिर्ता लिने सहमति भएको छ । साथै, जिल्ला शिक्षा अधिकारीको अध्यक्षतामा विद्यार्थी तथा शिक्षक सङ्गठनका प्रतिनिधि र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि रहेको संवाद समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकले संस्थागत विद्यालयको श्रेणी विभाजन नहुने बेलासम्मका लागि शुल्क वृद्धि नगर्ने, पुनः विद्यार्थी भर्ना शुल्क नलिन, नियमावली विपरित रहेका यातायातका साधन सञ्चालनमा नल्याउने, विभिन्न शीर्षकमा शुल्क लिन नपाउने, कापी, पुस्तक, पोसाकलगायतका सामग्री विद्यालयबाटै बेच्न नपाउने, अनुमतिबिना कक्षा सञ्चालन नगर्ने, अनुमतिबिना सञ्चालनमा ल्याइएका विद्यालयलाई खारेज गर्ने निर्णयपछि विद्यालय बन्दका कार्यक्रम फिर्ता लिइएको नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य कैलाश चन्दले बताए ।
जेठ मसान्तसम्म निजी विद्यालयको श्रेणी वर्गीकरण गरिसक्नेलगायतका निर्णयसहित शैक्षिक हडतालका कार्यक्रम फिर्ता लिइएको उनले बताए । बिहीबार सार्वजनिक बिदा परेकाले शुक्रबारदेखि बन्द विद्यालय सुचारु हुने उनको भनाइ रहेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण