त्रिशुलीमा ट्रक खस्दा घाइते भएका दुईमध्ये एकको मृत्यु
बुधबार, २७ वैशाख २०७४, ११ : ५०
चितवन, २७ वैशाख । पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा ट्रक खस्दा घाइते भएका दुई जनामध्ये एकको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा हेटाँैडा उपमहानगरपालिका–१४ का अन्दाजी २० वर्षीय सुरज श्रेष्ठ रहेका छन् । सोही ठाउँ घर भएका घाइते २१ वर्षीय सोनाम लामाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।
घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाडाँैबाट हेटाँैडातर्फ जान आउँदै गरेको ना ५ ख ९९४६ नम्बरको ट्रक आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका–४ लेवाटारमा दुर्घटना भएको थियो ।
ट्रक खस्दै गर्दा झरेर भागेका चालक अझै फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
ट्रकमा अन्य व्यक्ति भने नभएको जनाइएको छ । त्रिशूलीमा खसेको ट्रक अझै निकाल्न सकिएको छैन । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण