श्री एयरलाइन्सको खतरनाक खेल, अख्तियारमा पर्यो उजुरी
काठमाडौं, बैशाख २७– नीजि क्षेत्रको विमान कम्पनी श्री एयरलाइन्स विरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
एयरलाइन्सले नियम विपरित एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (एओसी) लिएको, पाइलटलाई तालिममा विदेश पठाएको, विदेशी मुद्रा अपचलन गरेकोलगायतको दाबी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा बैशाख २० गते उजुरी परेको हो ।
१८९६२ दर्ता नम्बर भएको उक्त उजुरीमा एयरलाइन्सलाई सीआरजे २०० र सीआरजे ७०० सहितको एओसी प्रक्रियामा छानबिन गरी एयरलाइन्सका अध्यक्ष सुधीर मित्तललाई विदेशी मुद्रा अपचलन र नेपाल नागरिक उड्ययन प्राधिकरणका कर्मचारीलाई अनावश्यक दवाव दिएको अभियोगमा छानबिन गरी कडा कारबाही गर्न माग गरिएको छ ।
उजुरीमा प्राधिकरणबाट एयरलाइन्सले इन्टरनेशनल अपरेटर सर्टिफिकेट लिन गरेको कार्य अति संवेदनशील रहेको भन्दै एओसीको नियम ३.११.१ मा अन्तराष्ट्रिय उडान गर्न इन्टरनेशनल एयर अपरेशनको एओसी लिनका लागि कम्पनीको कूल पुँजी ५० करोड हुनुपर्ने भएपनि सो विपरित उल्टै एयरलाइन्सले प्राधिकरणका कर्मचारीलाई धाकधम्की दिई कानून विपरित कार्य गरेको उल्लेख गरिएको छ ।
यस्तै एयरलाइन्समाथि प्रक्रिया नै पूरा नगरी पाइलटलाई तालिमका लागि विदेश पठाएको आरोप छ । एयरलाइन्सले एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (ओइसी) प्राप्त गर्नका लागि विभिन्न पाँच फेजको प्रक्रिया पूरा गर्नुपर्ने भएपनि ती प्रक्रिया नै पूरा नगरी जर्मन लुफ्थान्सा एभिएसन ट्रेनिङ जर्मनीमा १५ पाइलटलाई तालिममा पठाएको थियो । जवकी डकुमेन्ट इभ्यालुसन फेज नसकिँदै क्रु ट्रेनिङ गर्न नमिल्ने नियम छ ।
१९ वर्षदेखि एमआई रसियन हेलिकप्टरमार्फत आन्तरिक तथा अन्तराष्ट्रिय चार्टर सेवा सञ्चालन गर्दै आएको एयरलाइन्सले आन्तरिक उडानतर्फ उडान सेवा सञ्चालन गर्न पर्यटनमन्त्रालयबाट सीआरजे–२०० र सीआरजे७०० को अनुमति प्राप्त गरी सन् १०१६ को सेप्टेम्बरमा फ्लाइट अपरेटर स्ट्यान्डर्ड डिर्पामेन्टमा ओएसीको लागि निवेदन दिएको थियो ।
एयरलाइन्स विज्ञहरुका अनुसार ओएसी प्राप्त गर्नका लागि एओसीआर÷एओसीआई म्यानुअलको विभिन्न पाँच प्रक्रियाहरु पर एप्लिकेसन फेज, फर्मल एप्लिकेसन फेज, डकुमेन्ट इभ्यासुएयन फेज, डेमोन्सट्रेसन फेज र सर्टि्फिकेसन फेज पूरा गर्नुपर्ने हुन्छ । तर एयरलाइन्सले तत्कालिन पर्यटनमन्त्री र महानिर्देशकलाई प्रभावमा पारेर फेज, प्रिएप्लिकेसन, फर्मल एप्लिकेसन सकिएलगत्तै सीआरजे२०० नेपाल झिकाउन सफल भएको थियो । सोलगत्तै उसले क्रु ट्रेनिङमन लागि जर्मन लुफ्थान्सा एभिएसन ट्रेनिङ जर्मनीमा १५ पाइलटलाई पठाएको हो ।
जवकी डकुमेन्ट इभ्यालुएसन फेज नसकिँदै क्रु गर्न नमिल्ने नियम छ । यसो त १५ पाइलटलाई सो तालिम गराउनको लागि जर्मनीस्थित सिमुलाटोर सीएएएनबाट समेत अनुमति लिनु पर्नेमा सो समेत नगराइएको पाइएको छ । ती पाइलटहरु अहिले तालिम सक्याएर स्वदेश फर्किसकेको छ ।
एयरलाइन्सले गरेको मनपरी खुलासा भएसँगै नेपाल नागरिक उड्ययन प्राधिकरणले २०७३ फागुन ११ गते तालिममा पठाइएका पाइलटबारे जानकारी माग गरेपनि जवाफ पठाउन अटेरी गरेको थियो ।
प्राधिकरणको चलानी नम्बर १०९५ को पत्रमा भनिएको छ, ‘त्यस एयरलाइन्सले सीआरजे २०० वायुयानको लागि लुफथान्सा एभिएसन ट्रेनिङ, जर्मनी जीएमबीएच, जर्मनीमा त्यस एयरलाइन्सका कुन–कुन पाइलटलाई उक्त तालिममा पठाउन लागिएको हो ? सो को विवरण उपलब्ध गराउनु हुन आदेशानुसार अनुरोध गर्दछु ।’
प्राधिकरको फ्लाइट सेफ्टी स्ट्याण्डर्स विभागका प्रशासन शाखा अधिकृत बाबुकाजी बालाको हस्ताक्षर रहेको उक्त पत्रको जवाफ लामो समयसम्म पनि एयरलाइन्सले नपठाएपछि पुनः चैत २५ गते तीन दिनको अल्टिमेटम दिएर पत्र पठाएको थियो । यसबारे बुझ्न एयरलाइन्सका अध्यक्ष मित्तललाई सम्पर्क गर्दा कुराकानी गर्दै चाहेनन् ।
एयरलाइन्सले सीआरजे–२०० का दुई ओटा सीआरजे –७०० का एक ओटा गरी ३ ओटा जेट विमान सञ्चालन गर्न लागेको भएपनि वायुवान सञ्चालन गर्न आवश्यक पूर्वाधार नै तयार नगरी हेलिकप्टर नै सञ्चालन गरेको पूर्वाधार देखाई गैरकानुनी एओसीको आधारमा प्राधिकरणबाट स्वीकृति प्राप्त नगरी खरिदको लागि विदेशी मुद्रा पठाएको समेत खुल्न आएको छ ।
यस्तै पाइलटलाई विदेश तालिममा पठाउँदा पनि कसरी विदेशी मुद्राको व्यवस्थापन भयो भन्नेमा पनि छानबिन गर्न उजुरीमार्फत माग गरिएको छ ।
विगत ५ वर्षदेखि आइसीएओ र इयुको एओसी प्रदान गर्ने प्रक्रियामा त्रुटी रहेको भनि आईकाओद्वारा ब्ल्याक रिस्टमै रहेको सन्दर्भमा एयरलाइन्सले जस्तैगरी एओसी प्रदान गरिँदै गए नेपाल कहिल्यै पनि ब्ल्याक लिस्टबाट बाहिर आउन नसक्ने उजुरीमा दाबी गरिएको छ ।
प्रक्रिया नै पूरा नगरी श्री एयरलाइन्सले पाइलटलाई तालिममा पठाएको खुलासा
श्री एयरलाइन्सद्वारा करोडौं डलर अपचलन
श्री एयरलाइन्सको हेलिकप्टर सञ्चालन स्वीकृतिमै गोलमाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण