सतासी जनामाथि निगरानी
चितवन, २७ वैशाख । निर्वाचनको मौन अवधिमा गुण्डागर्दी बढ्नसक्ने भन्दै प्रहरीले गुण्डागर्दी गर्नेको वर्गिकरण गरेर आजबाट निगरानी बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार विगतका गतिविधिलाई मूल्याङ्कन गर्दै ८७ जनामाथि निगरानी थालिएको हो । प्रहरीले टोले, फ्याउरे, संरक्षित, व्यावसायिक र आपराधिक गरी उनीहरुलाई वर्गीकरण गरेर निगरानी बढाएको थापाले बताए । निगरानी बढाएकामध्ये एक जनालाई भने पक्राउ गरिसकेको जनाएको छ । उनीहरुमाथि आज र भोलि कडाइका साथ निगरानी गरिने भन्दै उनले निर्वाचनलाई शान्तिपूर्ण तवरले सम्पन्न गर्न विगतमा गुण्डागर्दी गर्नेको अहिलेको क्रियाकलाप बुझ्ने काम भइरहेकोे बताउनुभयो । व्यावसायिक र आपराधिक गुण्डागर्दी गर्ने निर्वाचनको मौन अवधिमा परिचालन हुनसक्ने भन्दै प्रहरी चनाखो बनेको हो । प्रहरीले निर्वाचन विरोधी गतिविधि बढाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका २३ जना कार्यकर्तालाई विभिन्न समयमा नियन्त्रणमा लिएर राखेको छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण