बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

तपाईंलाई थाहा छ , भोजन गर्ने सही तरिका

बुधबार, २७ वैशाख २०७४, १२ : १७
बुधबार, २७ वैशाख २०७४
डा. लोचन कार्की कन्सल्ट्यान्ट फिजिसियन बिहान उठेलगत्तै दूधचिया सकेसम्म नखानु नै राम्रो हुन्छ । कालो चियामै चित्त बुझाउनु स्वास्थ्यका लागि उत्तम हो । मौसमअनुसार उपलब्ध हल्का फलफूल ब्रेकफास्ट गर्ने । बिहानको खाना हल्का खाएकै राम्रो हुन्छ । ‘रिभर्स डाइटिङ’ गर्ने अर्थात् भात कम र तरकारी बढी खाने । कम भातले पेट अघाउँदैन भने तरकारी बढी खाने, सलादमा जोड गर्ने । दिउँसो डाइटयुक्त हल्का खाजा खाने । माछा, मासु, अन्डाजस्ता क्यालोरीयुक्त खाना यतिवेला खानु राम्रो हुन्छ । एकैपटक धेरै खाने बानी राम्रो होइन । बरु, पटक–पटक गरेर थोरै–थोरै खाने । बेलुका हल्का खाना खानु राम्रो हुन्छ । क्यालोरीयुक्त खाना नखाने । ७ बजेभित्र खाना खाइसकेमा स्वास्थ्य निकै राम्रो हुन्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप