शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

नवलपरासीका चोक चोकमा सुरक्षाकर्मी परिचालन

बुधबार, २७ वैशाख २०७४, १२ : १७
बुधबार, २७ वैशाख २०७४
परासी, बैशाख २७ –चुनावलाई लक्षित गरि जिल्ला प्रशासन कार्यालय नवलपरासीले कुल २ हजार ६ सय ७५ जना सुरक्षाकर्मी खटाएको छ । स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र , निश्पक्ष भयरहित रुपमा सम्पन्न गराउन प्रशासनले नवलपुर क्षेत्रमा प्रयाप्त सुरक्षाकर्मीलाई खटाएको जनाएको छ । नवलपुर क्षेत्रमा ८ वटा स्थानीय तहको निर्वाचन हुदै छ जसमा ३ वटा गाउँपालिका पहाडी क्षेत्रमा पर्दछन् भने ४ वटा नगरपालिका र एक गाउँपालिका राजमार्ग क्षेत्रमा पर्दछन् । प्रशासनले सर्वसाधराणलाई सुरक्षाको प्रत्याभुति दिलाउन गाउँ, र चोकचोकमा सुरक्षार्की तैनाथ राखेको छ । प्रशासनले ८ सय नेपाल प्रहरी, ५ सय शसस्त्र प्रहरी, ४ सय ७५ नेपाली सेना र ९ सय म्यादी प्रहरीलाई निर्वाचन सुरक्षार्थ खटाएको प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले जानकारी दिए । स्थानीय प्रशासनले शंकास्पद गतिविधिमा संलग्न र विप्लव माओवादीका कार्यकतालाई नियन्त्रणमा लिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप