काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउन यसरी हुन्छ रातभरी काम (फोटोफिचर)
शम्भु दंगाल/कृष्ण खड्का
काठमाडौं, बैशाख २७–काठमाडौंबासीलाई आउँदो दशैंसम्म मेलम्चीको पानी खुवाउने योजनाका साथ काठमाडौंमा रातभरी काम हुने गरेको छ ।
यस अन्र्तगत चक्रपथ भित्रका क्षेत्रमा खानेपानी वितरणको कार्य निर्धारित समयमा सक्नका लागि आयोजना कार्यान्वयन निर्देशनालयले तीब्र गतिमा काम गरिरहेको छ ।
मंगलबार राती १० बजेदेखि बिहानसम्म प्याकेज ३ डिएनआई ८ अन्र्तगत ललितपुरको कुपन्डोलमा पाइपलाइन बिच्छाउने काम भइरहेको थियो । यो प्याकेज अन्र्तगत टेकुदोभान, कुपन्डोल, कानदेवतास्थान, पुल्चोक, जावलाखेल, एकान्तकुना, भनिमण्डल, चक्रपथ, सानेपा पुल, बागमती नदी हुँदै टेकु दोभान भित्रका सम्पूर्ण पाइपलाइन बिस्तारको काम भइरहेको हो ।
यस्तै प्याकेज २ अन्र्तगत डिएन आई ५ अन्र्तगत ललिपुरको कुपन्डोलमा खानेपानीको पाइपलाइन बिच्छाउने काम भइरहेको थियो । यो प्याकेज अन्र्तगत कुपन्डोल, यूएनपार्क, शंखमूल, मनोहरा खोला, बालकुमारी, चक्रपथ, ग्वार्को, मंगलबजार, पुल्चोक, हिमालय होटल, ज्वागल चोक हुँदै कुपन्डोल भित्र पर्ने सम्पूर्ण क्षेत्रमा पाइपलाइन बिछ्याउने काम भइहरेको छ ।
प्याकेज ३ अन्र्तगत कुपन्डोल लगायतका क्षेत्रमा पाइपलाइन बिछ्याउने ठेक्का ताइन्जेन रमन जेवी निमार्ण व्यवसायी कम्पनीले पाएको छ । सो कम्पनीका इन्जिनियर प्रद्युम्नमान चित्रकारका अनुसार सडकमा साँढे १ मिटर गहिरो बनाएर ५ सय एमएमको पाइप बिच्छाउने काम भइरहेको छ । पाइप बिछ्याएपछि २० सेन्टिमिटर बालुवाले पुरीसकेपछि अन्य माटोले पुर्ने काम भइरहेको जानकारी दिए ।
यस्तै मेलम्ची खानेपानी उपआयोजना २ आयोजना कार्यान्वयन निर्देशनालयका उप निर्देशक हिमेश बैद्यले थोक बितरण प्रणालीको करिब ६० दशमलव ६ किलोमिटर बिछ्याउनुपर्नेमा ४७ किलोमिटर पाइप बिछ्याउने काम सम्पन्न भएको जानकारी दिए ।
उनका अनुसार वितरण सञ्जालको ६ सय ७० किलोमिटर बिछ्याउनुपर्नेमा ५ सय ६० किलोमिटर पाइपलाइन बिछ्याउने काम भइसकेको छ । यस्तै पहिलो चरणको ६ ओटा पानी संकलन केन्द्रको ७० प्रतिशत काम सम्पन्न भएको छ भने दोश्रो चरणको ३ वटा संकलन केन्द्रको १५ प्रतिशत काम सकिएको छ ।
मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजलमा प्राप्त हुनासाथ त्यहाँबाट उपत्यकामा तुरन्तै बितरण गर्ने गरी खानेपानीको पाइपलाइन बिच्छाउने काम धमाधम भइरहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण