भल्लालदेवले कसरी बनाए डरलाग्दो शरीर ?
बुधबार, २७ वैशाख २०७४, १२ : ४३
‘बाहुबली २’मा भल्लालदेवको भूमिका निभाएका राणा दग्गुबतीको शारीरिक बनावटको खुब चर्चा छ । के उनको शरीर पहिल्यैदेखि यस्तै थियो या बाहुबलीकै लागि तयार गरे ? हेर्दै डरलाग्दो शरीर बनाउन कसरी सके दग्गुबतीले ? आमदर्शकको चासो छ । र, यो उत्सुकतालाई दग्गुबतीका फिटनेस कोच कुणाल गिरले खुलासा गरिदिएका छन् । खासगरी तेलगु फिल्म उद्योगका कयौंँ सेलेब्रिटीलाई ट्रेनिङ दिइसकेका कुणाल सेलेब्रिटी फिटनेस ट्रेनर हुन् । हालै उनले सञ्जय दत्तमाथि बनिरहेको बायोपिकका लागि रणवीर कपुरलाई पनि फिटनेस ट्रेनिङ दिइरहेका छन् । दग्गुबतीको फिटनेसबारे उनले भने :
हरेक दिन फरक कसरत
बाहुबालीको सिक्वेलमा आउनुभन्दा पहिले दग्गुबतीको छाती, पाखुरालगायत सबैजसो बडी पार्ट्स कमजोर थिए । मैले उनलाई पाखुरा र छातीको कसरतमा केन्द्रित गराएँ । यसका लागि हरेक दोस्रो दिन उनलाई फरक कसरत गर्न लगाएँ ।
पाखुरा ३ इन्च बढ्यो
दग्गुबतीको मजबुत पाखुराका लागि बिएफआर (ब्लड फ्लो रिस्ट्रिक्सन ट्रेनिङ) टेक्निक प्रयोग गराएँ । उनको पाखुरामा रक्तसञ्चार रोक्न एक ब्यान्ड बाधेँ । त्यसपछि दग्गुबतीको पाखुरा आवश्यकताअनुसार फुक्दै आयो । यो बडी बनाउने २५ वर्ष पुरानो तरिका हो, जुन वैज्ञानिक तरिकाबाटै हुन्छ । यो तरिकाको मद्दतबाट उनको आम्र्स र बायसेप्स पहिलेको तुलनामा ३ इन्च बढ्यो ।
यसरी बन्यो छाती बलियो
छाती बलियो बनाउनका लागि दग्गुबतीलाई चेन एक्सरसाइज गराएँ । केही समयमै उनको शरीर सुडौल बन्यो ।
फिल्मका लागि तौल मेन्टेन
फिल्ममा निभाउनुपर्ने अलग–अलग भूमिकाका लागि दग्गुबतीको तौल कहिले बढाउनुपर्ने त कहिले घटाउनुपर्ने थियो । भल्लालदेवको लुक्समा बलियो देखिनका लागि १०८–११० किलोसम्म तौल बढाउनुपर्यो । तर, जवान लुक्समा देखिनका लागि ९२–९३ किलोमा तौल नियन्त्रण गरेर पातला पनि देखिए ।
५ महिनामा बदलियो लुक
५ महिनाको ट्रेनिङपछि दग्गुबतीको शरीर बलियो बन्यो । हरेक दिन उनलाई अढाइघण्टा ट्रेनिङ गराउथेँ । जसमा वेट ट्रेनिङ र कार्डियो समेत थियो । बाहुबलीमा देखिएको उनको शरीर ५ महिनामा तयार भएको हो ।
प्रोटिनयुक्त खानामा जोड
कसरतसँगै डाइट मेन्टेन पनि कडाइका साथ पालना गराएँ । प्रोटिनयुक्त खाना बढी लिन्थे भने चिल्लो परिकार सेवनमा पूर्ण रूपमा बन्देज थियो । हरेक अढाइघण्टामा उनी केही न केही खान्थे ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण