शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

साढे ४ करोड नेपाली रुपैयाँसहित नागढुंगा चेकपोस्टबाट ६ जना चिनियाँ नागरिक पक्राउ

बुधबार, २७ वैशाख २०७४, १३ : ४१
बुधबार, २७ वैशाख २०७४

काठमाडौं, बैशाख २७– पर्यटक बसमार्फत काठमाडौंको केरुङतर्फ जाँदै गरेका ६ जना चिनियाँ नागरिक झण्डै साढे ४ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित पक्राउ परेका छन् । राजधानीको थाङकोटस्थित चेकपोस्टमा उनीहरु सवार बस चेकजाँचका क्रममा सो अवैध रकम भेटिएपछि पक्राउ गरिएकाे महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी प्रकाशजंग कार्कीले जानकारी दिए ।

उनका अनुसार केरुङतर्फ जाँदै गरेको तीन बसमध्ये दुई बसमा चेक जाँच गर्दा तीन लाख ४९ हजार युएस डलर, युरो ६८ हजार, युआन १७ सात सय, जापानी ऐन ३१ लाख र स्वीस फ्याङ्क २ हजार सहित ५ महिला र एक पुरुषलाई पक्राउ गरिएको हो ।

यस्तै अरु १९ जनालाई पनि नियन्त्रणमा लिई चिनियाँ दूबातासको जिम्मा लगाइएको बताइएको छ । ६ जनालाई भने प्रहरी हिरासतमा राखिएको र अनुसन्धान जारी रहेको कार्कीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप