शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा

बुधबार, २७ वैशाख २०७४, १३ : ४५
बुधबार, २७ वैशाख २०७४

म्याग्दी, बैशाख २७– आसन्न बैशाख ३१ गते पहिलो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचन तयारी म्याग्दीमा अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन, मुख्य, निर्वाचन अधिकृतको कार्यालय र सुरक्षा निकायले मतदानको मिति नजिकिँदै गर्दा जनशक्ति व्यवस्थापन र सुरक्षा तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

दुईसय २४ जना अधिकृत, सहायक मतदान अधिकृत लगायतका कर्मचारीलाई तालिम दिइ नियुक्तपत्र दिएर मतदान स्थलमा खटाउने काम भएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताए । प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी, एक जना सहयोगी तथा दुई जनाका दरले स्वयम्सेवक परिचालन हुने भएका छन् ।

बदर मतको दर घटाउन जिल्लाभर १०२ जना निर्वाचन तथा मतदाता शिक्षा स्वयम्सेवक परिचालन निर्वाचन केन्द्रमा परिचालन गरिएको छ । जिल्लामा एक नगरपालिका सहित ५ गाउँपालिकामा चुनाव लक्षित गरेर प्रहरी, सेना सशत्र प्रहरी र म्यादी प्रहरीलाई केन्द्रमा पठाइसकेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए । म्याग्दीमा ३१ गते हुन लागेको चुनावमा ३७ हजार ६७२ जना महिला, ३३ हजार ७६० जना पुरुष र एक जना तेस्रो लिङ्गी गरी ७१ हजार ४६३ जना मतदाता रहेका छन् भने जिल्लाको बेनी नगरपालिकामा १८३४७ मतदाता, मंगला गाउपालिकामा ११०५८ मतदाता, धौलागिरि गाउँपालिकामा ९३३४ मतदाता, मालिका गाउँपालिकामा १०६४४, रघुंगगा गाउपालिकामा ११५६३ मतदाता र अन्नपुर्ण गाउपालिकामा १०५१९ मतदाता रहेका जिल्ला निवार्चन कार्यालयले जनाएको छ । एक नगरपालिका र ५ गाउपालिकामा २३७ पदका लागि ५९४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप