‘अस्थी धातु’ प्रदर्शन
काठमाडौँ, २७ वैशाख । बुद्धजयन्ती मूल समारोह समितिले २५६१ औँ बुद्धजयन्तीको उपलक्ष्यमा आनन्दकुटी विहारमा आज ‘अस्थी धातु’ प्रदर्शन गरेको छ । प्रत्येक वर्ष बुद्धजयन्तीका दिन सर्वसाधारणको दर्शनका लागि ‘अस्थी धातु’ प्रदर्शन गर्ने प्रचलन छ । शाक्यमुनि गौतमबुद्धको अन्त्येष्टिका क्रममा रहेका अवशेषलाई ‘अस्थी धातु’ भनिन्छ । बौद्ध धर्मावलम्बीले सो धातुलाई पवित्र वस्तुका रुपमा सम्मान गर्ने गर्दछन् । वर्षमा एक पटक मात्र देखाइने हुँदा ‘अस्थी धातु’ दर्शनका लागि सर्वसाधारणको विशेष घुइँचो लाग्ने गरिन्छ ।
समितिका संयोजक एवम् विहारका प्रमुख भिक्षु धर्ममूर्तिले दर्शनका लागि आउने भक्तजनको सुविधाका लागि साँझसम्म नै दर्शनको व्यवस्था मिलाइएको जानकारी दिए । सो धातुको प्रदर्शनबाट सङ्कलन हुने रकम विहारको जीर्णोद्धारका लागि खर्च गरिने छ । विसं २००१ मा श्रीलङ्काबाट भिक्षु नारद थेराको समूहले ‘अस्थी धातु’ नेपालमा ल्याई सो विहारलाई उपहार प्रदान गरेको थियो । यसैबीच चाबहिलस्थित ऐतिहासिक चारुमती विहारमा विशेष बुद्ध पूजा सम्पन्न भएको छ । करिब दुई हजार ३०० वर्ष अगाडि सम्राट अशोकका छोरी सो स्थानमा आएर विहार निर्माण गरिएको बताइएको छ । चारुमती बुद्धिस्ट मिसनका अध्यक्ष भिक्षु तपस्सी धम्मले बुद्धले विश्वका मानवका लागि दिएको शान्ति तथा अहिंसाको सन्देशलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । बुद्धजयन्तीको प्रवद्र्धन गर्नका लागि सो विहारले विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण