कलाकारलाई लाग्यो चुनाव, उम्मेदवारदेखि चुनाव प्रचारप्रसारसम्म सक्रिय
बुधबार, २७ वैशाख २०७४, १३ : ५२
काठमाडौं, बैशाख २७ – स्थानीय चुनाव नजिकिँदै जाँदा कलाकारलाई पनि चुनाबी माहोलले छोएको छ । ‘हामी त देशका गहना हौ’ भनेर बेलाबेलामा नारा घन्काउने कलाकार अहिले पार्टीका गहना बनेर कोही चुनाबी मैदानमा उमेदवारका रुपमा होमिएका छन्, भने कोही आफ्ना नजिक रहेका पार्टीका उमेदवारलाई जिताउन चुनाव प्रचारमा देखिन थालेका छन् ।
केही अगाडिसँग आफु कुनै पार्टीमा आवद्ध नभइ स्वतन्त्र पार्टीमा रहेको प्रतिक्रिया दिदै आएका अभिनेता राजेश हमाल नेकपा एमालेवाट काठमाडौ महानगरपालिका वडा नंवर २६ का उम्मेदवार बनेका देवेन्द्र रिमालको चुनाव प्रचार प्रसारमा देखिन थालेका छन् । उनको घरदैलो कार्यक्रममा समेत कहिले काही हमालसँगै हिडे्को देख्न सकिन्छ । चलचित्र ‘चपली हाइट’बाट नेपाली रजतपटमा अभिनेताको रुपमा देखिएका कलाकार राज घिमिरे माओबादी केन्द्रबाट गोदावरी नगरपालिका वडा नं ३ को उमेदवार बन्दै प्रचार प्रसारमा हिँडिरहेका छन् । उनका पछाडी स्थानिय कलाकार तथा पत्रकार समेतलाई देख्न सकिन्छ । तामझाम सहित राप्रपा नेपालमा प्रवेश गरेकी अभिनेत्री रेखा थापा र चर्चित गायिका कोमल ओली राप्रपाको माहोल तताउन देशको बिभिन्न ठाउँमा पुग्ने गरेका छन् । बिभिन्न सांगीतिक प्रस्तुति सहित उनीहरुले राप्रपा नेपाललाई भोट माग्ने गरेका छन् । चलचित्र बिकाश बोर्ड सदस्य समेत रहेका कलाकार उत्तम केसी पनि नेकपा एमालेको प्रचारमा हिडेको देख्न पाइन्छ । उनले प्रचार प्रसारको क्रममा उमेदवारसँग खिचेको तस्बिर दैनिक आफ्नो फेसबुकमा अपलोड गर्ने गरेका छन् । सदावहार सुन्दरी नायिका करिश्मा मानन्धर पनि चुनावी प्रचारमा कम्बर कसेर लागि परेकी छन् । नयाँ शक्ती पार्टीको बिभिन्न स्थानमा आयोजना हुने कोणसभामा देखि चुनाबी सभासम्म उनको सहभागिता रहने गरेको छ । कलाकार रबिन्द्र खड्का पनि चुनाव प्रचार प्रसारमा खुलेर लागेका छन् । राप्रपाको प्रचारमा उनी होमिएको हुन् । त्यस्तै चलचित्र ‘चक्र’का नायक तथा दर्जन भन्दा बढि गीतका मोडल पि.एल श्रेष्ठ पनि उमेदवार बनेका छन् । उनी बुढानिलकण्ड नगरपालिका वडा नं १३ को राप्रपा नेपालबाट उमेदवार बनेका हुन् । उनको प्रचार प्रसारमा पनि केही कलाकर्मी देखिने गरेका छन् । पुरानी अभिनेत्री बिपना थापा पनि चुनाव प्रचार प्रसारमा देखिने गरेकी छन् । बिवाह पछि भारतको मथुरामा बस्दै आएकी बिपना बहिनी वासना थापालाई प्रचारमा सघाउन नेपाल आएकी हुन् । दैलेखको नारायण नगरपालिकामा नेपाली काग्रेसको तर्फबाट उपमेयर उमेदवार बनेकी वासनालाई उनले भोट माग्ने गरेकी छन् । एमालेबाट दोस्रो सम्बिधान सभा निर्वाचनका लागि पहिले प्रत्यक्षतर्फ र पछि समानुपातिकमा थन्काइएका अभिनेता भुवन केसी भने यसपाली चुनावमा देखिएका छैनन् । चलचित्र ‘कृ’को छायाँकन अहिले चलिरहेकोले उनी प्रचारमा देखिन नपाएका हुन् । गायक बद्री पंगेनीले नेकपा एमालेका लागि चुनाबी गति नै गाइका छन् । अर्का गायक विष्णु खत्री पनि बाग्लुङमा माओवादी केन्द्रका उम्मेदवारका भोट माग्दै गाउँघर डुलिरहेका छन् । ‘मलाई अमेरिका यही’ भन्ने गीतबाट चर्चाको शिखरमा पुगेका गायक पशुपति शर्मालाई बिभिन्न पार्टीले चुनावी गीत बनाउन आग्रह गरेका थिए । उक्त प्रस्ताव अस्वकार गर्दै उनले आफु सबै पार्टीको भएको जवाफ दिने गरेका छन् । कलाकार दिब्बेस्वर गौतम पनि नेपाली काग्रेसको चुनाप प्रचारमा देखिने गरेका छन् । नागर्जन नगरपालिका वडा ७ का उमेदवार बनेका रमेश गौतमको प्रचारमा उनी देखिने गरेका छन् । कलाकार, निर्माता तथा प्रदर्शक देबेन्द्र खड्गी पनि चुनाबी मैदानमा होमिएका छन् । उनी कामनपा वडा नं ३५ बागबजारबाट वडा सदस्य पदको उमेदवार बनेका हुन् । उनी नेकपा एमालेबाट उमेदवारको रुपमा अगाडि सरेका हुन् ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण