टोखालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता
शरद शर्मा काठमाडौँ, २६ वैशाख । काठमाडाँै महानगरपालिकासँग जोडिएको टोखा नगरपालिका पनि यसपटकको स्थानीय निर्वाचनपछि काँचुली फेर्ने पर्खाइमा रहेको छ । झोर महाङ्काल, टोखाचण्डेश्वरी, टोखा सरस्वती, धापासी र गोंगबु पाँच गाविस जोडिएर २०७१ सालमा टोखा नगरपालिका घोषणा गरिएको आगामी आइतबार हुने निर्वाचनबाट काँचुली फेर्ने पर्खाइमा रहेको छ । पूर्व बूढानीलकण्ठ, पश्चिम तारकेश्वर, उत्तरमा नुवाकोट र दक्षिणमा काठमाडाँै महानगरसँग जोडिएको यस टोखालाई अब निर्वाचित हुने जनप्रतिनिधिको काँधमा समृद्ध सुविधासम्पन्न सहर ९स्मार्टसिटी० बनाउने पहिलो योजना रहने छ । यहाँका नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०का प्रमुख पदका उम्मेदवारले टोखालाई स्मार्टसिटीको रुपमा विकास गदै ऐतिहासिक पर्यटकीय धरोहरको रुपमा विकास गर्र्ने प्रतिबद्धता व्यक्त गरेका छन् । टोखामा धेरै पर्यटकीय क्षेत्र भएकाले तिनलाई संरक्षण गरी टोखा नगरीलाई पर्यटकीयस्थल बनाउने उनीहरुको योजना रहेको छ ।
नेपाली काँग्रेसबाट प्रमुख पदको उम्मेदवार भएका हरिहर अधिकारीले टोखा आफँैमा पर्यटकीय क्षेत्र भएको यहाँका धार्मिकस्थल, पर्यटकीयस्थल र ताल तथा पोखरीलाई संरक्षण गरी पर्यटकीय क्षेत्र बनाउने बताए । “यहाँका धेरै पर्यटकीय क्षेत्र ओझेलमा परेका छन्” उनले भने “ती ठाउँको संरक्षण र प्रबद्र्धन गरी टोखालाई पर्यटकीय क्षेत्र बनाइने छ ।” उहाँले आफ्ना १९ बँुदे घोषणापत्रमा गोंगबुुमा सडक विस्तार गर्ने, झोर महाकाङ्लमा कृषि क्षेत्र बनाउने योजना रहेका छन् । काठमाडौँ जिल्लाको सबैभन्दा बढी भूकम्पबाट प्रभावित यस नगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई भूकम्पबाट क्षतिग्रस्त गोंगबुलाई व्यवस्थित गर्नुपर्ने अर्को चुनौती समेत रहेको छ भने खानेपानी र सडक विस्तार पनि यहाँका मुख्य समस्या रहेका छन् ।
निर्वाचित हुने जनप्रतिनिधिले यिनै कुरालाई लिएर आफ्नो प्रमुख चुनावी मुद्दा बनाएका छन् । नेकपा ९एमाले० को तर्फबाट प्रमुख पदका उम्मेदवार प्रकाश अधिकारीले समृद्ध टोखासँगै यहाँका पर्यटकीय क्षेत्रको विकासमा पनि आफू लाग्ने बताए । उहाँले यहाँका ओझेलमा परेका प्राकृतिक सम्पदा र पर्यटकीय क्षेत्रको संरक्षण गर्दै टोखामा बाहिरबाट पर्यटन भित्र्याउने सकिने बताए । महानगरसँग जोडिएको टोखाको बासस्थानका लागि उपयुक्त रहेकाले सडक विस्तार र खानेपानी उपलब्ध गराउन आफ्नो ध्यान जाने उनको योजना छ । नेकपा ९माओवादी केन्द्र० तर्फबाट उम्मेदवार बन्नुभएका प्रमुखका उम्मेदवार कल्पना शर्माले पनि टोखालाई सुन्दर नगरीको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । उहाँले गोंगबु क्षेत्रका भूकम्प पीडितलाई सहयोग गर्ने पनि आफ्नो मुख्य योजना रहेको उल्लेख गर्नुका साथै खानेपानी सडक विस्तारलाई पनि ध्यान दिने बताए । टोखा नगरपालिका–६ का स्थानीय दिपेन्द्र केसीले अब जित्ने जनप्रतिनिधिले विकसित सहरको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले महानगरसँग जोडिएको सहर भएकाले सडक विस्तारलाई प्रमुख योजनाका साथ लैजानुपर्नेमा जोड दिए । झोर महाकाङ्लको बौडेश्वर, टोखा चण्डेश्वरीको सपनतीर्थ, टोखा सरस्वतीको भूतखेल, धापासीको बसुन्धरा देवी, गोंगबुको मनोहर तीर्थ महेन्द्रेश्वर, महादेवबीच विनायक गणेश यहाँका प्रमुख पर्यटकीय स्थल हुन् । यसैगरी सपनतीर्थ, चण्डेश्वरी, तलेजु, इन्द्रायणी, सरस्वती बौडेश्वर, थनेलाक्षी, कोनेलाक्षी, धापासी, झोरमहाङ्काल यहाँका प्रमुख धार्मिक तथा ऐतिहासिक स्थल हुन् । यी धार्मिक तथा ऐतिहासिक स्थलको संरक्षण गर्नुपर्ने नवनिर्वाचित जनप्रतिनिधिको अभिभारा रहेको छ । अट्ठाइस हजार १७४ मतदाता रहेको यस नगरपालिकामा प्रमुख र उपप्रमुख सहित ५७ जना निर्वाचित हुनेछन् । ११ वडा रहेको यस नगरपालिका प्रमुख १४, उपप्रमुखमा नौ जनासहित २६१ जनाले उम्मेदवारी दिनुभएको निर्वाचन अधिकृत दीनबन्धु बरालले जानकारी गराए ।
उनले अनुसार वडा नं २ र ६ मा दलित महिला सदस्यमा नेपाली काँग्रेसबाट प्रतिमा हिडमाङ र दिलमाया विक निर्विरोध निर्वाचित भएपछि ५५ जनाले आइतबार हुने निर्वाचनमा बाजी मार्नेछन् । नब्बे प्रतिशत साक्षर भएकाले रहेको यहाँको जनसङ्ख्या महिलाको ५० हजार ७०९ र पुरुष ४८ हजार ३२३ गरी ९९ हजार ३२ जनसङ्ख्या रहेको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुङ्गानाले भर्खर बामे सर्न थालेको टोखा स्थानीय निर्वाचनपछि नयाँ स्वरुपमा विकास गरिने जानकारी गराए । उहाँले निर्वाचनपछि यहाँको पर्यटकीय र धार्मिक स्थलको विकास गर्न आवश्यक रहेको बताए । टोखाभित्र सरस्वती गहना पोखरी, गणेश पोखरी, सपनतीर्थजस्ता ताल र पोखरीसमेत रहेका छन् ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण