देशलाई निकास दिने जिम्मेवारी काँग्रेसको काँधमा– मन्त्री थापा
पोखरा, २७ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्वास्थ्यमन्त्री गगन थापाले संविधान कार्यान्वयन गरी देशलाई निकास दिने जिम्मेवारी काँग्रेसको काँधमा आएको बताए । नेपाली काँग्रेस कास्कीद्वारा पोखरा चिप्लेढुङ्गास्थित बिपी चोकमा आज आयोजित कोणसभालाई सम्बोधन गर्दै मन्त्री थापाले निष्पक्ष र भयरहित वातावरणमा स्थानीय तहको दुई चरणकै निर्वाचन सम्पन्न गरी काँग्रेसले आफ््नो दायित्व पूरा गर्ने विश्वास व्यक्त गरे । अरु दलले घुर्की लगाउँदै जिम्मेवारीबाट पन्छिन मिल्छ तर काँग्रेसले कोसँग घुर्की लगाउने भन्दै मन्त्री थापाले अहिलेको निर्वाचन राम्रो काम गर्ने दललाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्ने नेपाली जनताको एक महान अवसर भएको धारणा गरे । मन्त्री थापाले स्थानीय सरकार बलियो बनाएर विदेशिएका लाखौँ युवायुवतीलाई स्वदेशमै रोजगारीका अवसरमा सिर्जन गर्ने गरी काँग्रेसले विशेष कार्यक्रम ल्याउने उल्लेख गरे । पार्टीका केन्द्रीय नेता एवम् निर्वाचन परिचालन समितिका संयोजक डा शेखर कोइरालाले काँग्रेसले स्थानीय तहलाई भ्रष्टाचारमुक्त, सुशासन, जवाफदेहिता र पारदर्शी बनाउन चाहेको बताए । उहाँले काँग्रेसबाट विजय प्राप्त गर्ने जनप्रतिनिधिले पाँच वर्षसम्म ती निकायलाई समृद्ध बनाउन सधँै खबरदारी गर्ने दृढता व्यक्त गरे । नेपाली काँग्रेस कास्कीका अध्यक्ष कृष्ण केसीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल महिला सङ्घकी जिल्ला अध्यक्ष कोपिला रानाभाट र नेपाली काँग्रेसका तर्पmबाट पोखरा लेखनाथ महानगरपालिका प्रमुख पदका उम्मेदवार रामजी कुँवरले पोखराको समृद्धिमा सबैको ध्यानाकर्षण गराए । यसअघि पोखराको चिप्लेढुङ्गाबाट निस्केको एक ¥याली महेन्द्रपुल, पृथ्वीचोक, सिर्जनाचोक हुँदै पुन चिप्लेढुङ्गामा पुगेर कोणसभामा परिणत भएको थियो ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण