पूर्वी नाकाबाट पर्यटक आगमनमा वृद्धि
बनियानी (झापा), २७ वैशाख । सन् २०१६ को तुलनामा यसवर्ष पूर्वीनाका काँकरभिट्टा हुँदै नेपाल भित्रिने पर्यटकको सङ्ख्या वृद्धि भएको छ ।
गतवर्ष जनवरीदेखि अप्रिलसम्ममा करिब दुई हजार पर्यटक यो नाकाबाट नेपाल भित्रिएकामा यस वर्षको सोही अवधिमा तीन हजार ६०० पर्यटक भित्रिएको काँकरभिट्टास्थित पर्यटन कार्यालयले जनाएको छ । गतवर्षको तुलनमा यस वर्ष पर्यटकको आगमनमा वृद्धि भएको छ भन्दै कार्यालय प्रमुख गणेशप्रसाद तिम्सिनाले विनाशकारी भूकम्प गएपछि क्रमशः पर्यटकको आगमन घटदै गएकामा त्यसमा क्रमिक सुधार हुँदै आएको जानकारी दिए । सन् २०१६ मा काँकरभिट्टा नाका हुँदै ६ हजार दुई सय पाँचजना पर्यटक भित्रिएका थिए । जसमा सबैैभन्दा बढी दुई हजार चारसय बङ्गाली, ७३१ अमेरिकी र विभिन्न मुलुकका दुई हजार ८७४ पर्यटक थिए । तुलनात्मक रुपमा हेर्ने हो भने गत वर्षभन्दा यसवर्ष यो नाकाबाट पर्यटक आगमनमा ५० प्रतिशत वृद्धि हुने देखिन्छ । त्यस्तै, पर्यटन कार्यालयमा हालसम्म २० वटा होमस्टे दर्ता भएकामा इलाममा १०, झापामा एक, मोरङमा एक, सुनसरीमा तीन, धनकुटामा एक र सङ्खुवासभामा चारवटा होमस्टे रहेको कार्यालयको तथ्यङ्कमा उल्लेख छ । यसैगरी ७४ वटा ट्राभल्स एजेन्सी र २३ वटा होटल दर्ता रहेको कार्यालयका अभयकुमार गुप्ताले जानकारी दिनुभयो ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण