भरतपुरलाई अन्तराष्ट्रिय क्षेत्रको रुपमा विकास गर्ने यस्तो छ रेणुको योजना
चितवन, बैशाख २७ – कांग्रेस –माओवादीको संयुक्त मेयर पदकी उम्मेदवार रेणु दाहालले बरण्डाभार जंगल क्षेत्रभित्रै रहेका पर्यटकीय स्थलहरुलाई अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । ‘भरतपुर माहानगर यस्तो ठाउँ जुन विश्व सम्पदा सूचिमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्जसगैँ जोडिएको छ, यसमा धेरै भु–भाग भरतपुरसगै पर्छ त्यसैले अब यसलाई विकासगर्दै आकर्षक होमस्टे, होटल, रेष्टुरेण्ट, रिसोर्टहरु स्थापना गर्न सहज बाताबरणको श्रृजना गर्न हामी लागि पर्नेछौ ।’
महानगरका विभिन्न वडा तथा गाउँ टोलमा चुनावी भेलालाई सम्बोधन गर्दै उनले वरण्डाभारसगैँ जोडिएका ठाउँहरुलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने प्रतिबद्धता पनि जनाइन् । मतदाताहरू माओवादीप्रति बढी आशावादी रहेकोे भन्दै दाहालले जनमुखी र सेवामुखी प्रशासन सञ्चालन गरी सुशासनको प्रत्याभूति गराउने प्रतिवद्धता पनि जनाइन् । यस्तै महानगरपालिकालाई देशकै महिला हिंसामुक्त बनाउदै जनताको आम्दानीको स्रोत विस्तार गर्ने विशेष योजना रहेको दाहालले सुनाइन् । उनले आधुनिक कृषि प्रणाली अपनाई कृषिमा आधारित अर्थतन्त्रलाई उद्योगमा आधारित अर्थतन्त्र बनाउने भन्दै महानगरपालिकामा सञ्चालन हुने वातावरणमैत्री उद्योगहरूलाई कर छुट गरी विभिन्न सुविधा प्रदान तथा प्रोत्साहन गर्ने घोषण पनि गरिन् । यस्तै विद्यालय, वडा कार्यालय तथा महत्त्वपूर्ण सार्वजनिक स्थलहरूमा फ्रि वाइफाई सेवा प्रदान गर्ने, व्यवस्थित आवास नीति लागू गरी भूकम्प प्रतिरोधी ऊर्जामैत्री तथा वातावरणमैत्री घरहरूलाई अनुदानको व्यवस्था गर्ने जानकारी दाहालले दिईन् । सम्बोधनका क्रममा दाहालले महानगरमा अझैसम्म पनि फेहर व्यवस्थापन नभएको भन्दै यसका लागि बार्षिक, पञ्चबर्षिय र १० वर्षीय योजना आफुले बनाउने दावी गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल
-
जनकपुरका गुठी जग्गा र पोखरी अतिक्रमणको खोजी सुरु, सात दिनभित्र खाली गर्न सूचना
-
ट्वाइलेट सिटको पानी पिउने प्रतियोगिता आयोजना
-
बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा
-
इराकमार्फत आएको अमेरिकी युद्धविराम प्रस्ताव इरानले गर्यो अस्वीकार
-
प्रहरीको जागिर चुनौतीपूर्ण र अपजसी हुन्छ : मदनकृष्ण श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण