बुद्ध जयन्तीको दिन सिरहाको राजदेवी मन्दिरमा हजारौं पशुपंक्षीको बली (फोटो फिचर)
बुधबार, २७ वैशाख २०७४, १७ : ५२
रामभरोसी यादव
सिरहा, बैशाख २७ –आज बैशाखी पूर्णिमा अर्थात् अहिंसाका प्रतिक भगवानको बुद्ध जन्म जयन्ती । भगवान बुद्धको सम्झानामा आजका दिन धेरै नेपालीमा वली चढाउन नहुने मान्यता छ । तर, आजैको दिन सिरहाको लहान नपा १५ ढोड्नाको राजदेवी पञ्चावती मन्दिरमा हजारौं पशुपंक्षीको बली चढाइने गरिएको छ । राजदेवी मातालाई भाकल गरे मनोकांक्षा पुरा हुने जनविश्वासका कारण यहाँ प्रत्यक वर्ष आजकै दिन हजारौंको संख्यामा पशु पंक्षि बली दिने गरिएको हो । सन्तान प्राप्ति हुने, विभिन्न रोग निको हुने जनविश्वासका कारण बली चढाउन राजदेवी मन्दिर आउनेको घुँइचो नै लाग्ने गरेको छ ।
आजकै दिन बली किन प्रदान गरिन्छ ?
करिब १२५ वर्ष अघिको कुरा हो । मन्दिर रहेको ठाउँमा जँगल र चरण क्षेत्र थियो । यहाँ स्थानीयबासी गाई चराउन जान्थे । चराउन लग्ने गाइहरु हराउन थाले । पछि गाउँका मानिसहरु त्रसित भए । धामीको रुपमा रहेका स्वर्गिय दिलाराम भट्टले त्यस ठाउँमा गई तन्त्र साधना गरेपछि राति सपनामा देवीले दिर्शन दिई पूर्णिमा अर्थात् बुद्ध जयन्तीको दिन बली चढाए समस्या टर्ने बताएका थिए ।
स्थानीयले देवीले सपनामा भनेअनुसार आजको दिन बली चढाउन थाले । समस्या टर्यो । त्यस पछि यसको महिमाको प्रचार प्रसार सँगै यहाँि वर्षेनी आजकै दिन ठूलो संख्यामा भक्तजन भेला हुने गरेको छ । यो वर्ष दुई लाख भन्दा बढी श्रद्धालु भक्तजन भेला भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी प्रमुख डिएसपी हिरा वहादुर पाण्डेले जानकारी दिए ।
मेला सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित दुई सय प्रहरी परिचालन गरिएको छ । प्रहरीले मेलाबाट विभिन्न ठाउँका आधादर्जन पकेटमारहरुलाई नियन्नत्रणमा लिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल
-
जनकपुरका गुठी जग्गा र पोखरी अतिक्रमणको खोजी सुरु, सात दिनभित्र खाली गर्न सूचना
-
ट्वाइलेट सिटको पानी पिउने प्रतियोगिता आयोजना
-
बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा
-
इराकमार्फत आएको अमेरिकी युद्धविराम प्रस्ताव इरानले गर्यो अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण