महानगरलाई स्र्माट सिटीका रुपमा विकास गर्छु : गुरुङ
पोखरा, २७ बैशाख । संघिय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको संयुक्त गठबन्धनले पोखरालेखनाथ–१९ लामाचौरमा बुधबार चुनावी भेला सम्पन्न गरेका छ । स्थानिय निर्वाचन मिति नजिकिदै गर्दा चुनावी अभियान अन्तर्गत भेला तथा घरदैलोलाई गठबन्धनले तिब्र बनाएको हो ।
भेलामा बोल्दै पोखरालेखनाथ महानगरका मेयर पदका उमेद्वार हुमबहादुर तमुले महानगरलाई एक स्मार्ट सिटीका रुपमा विकास गर्ने र पूर्वाधार विकास, आर्थिक बृद्धि तथा रोजकारी, सुशासन र सद्भावनायुक्त समाजको विकासमा ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस्तै उपमेयर पदकी उमेद्वार लक्ष्मी खाती परियारले पुराना दल वा शक्तिहरुले देशको विकास गर्न र सुशासन कायम गर्न असफल भएका कारण वैकल्पिक धार मसाल चिह्नमा मतदान गरि देश विकासमा हातेमालो गर्न अपिल गरेकी थिइन् ।
भेलामा संघिय समाजवादीका वडा १९ का संयोजक जगन प्रसाद गुरुङ, नयाँ शक्ति कास्की जिल्लाका संयोजक हेमबहादुर थापा, निर्वाचन परिचालन समितिका गिरीप्रसाद गुरुङ, सौगात पोखरेल, लोकदोहोरी गायिका तारा जिसी, वडा १९ का अध्यक्ष पदका उमेद्वार सु. मनबहादुर पुनलगाएतले समुन्नत समाजको परिकल्पनालाई साकार पार्न मसाल चिह्नमा मतदान गर्नुपर्नेमा जोड दिएका थिए । व्यवसायी गिरधारी शर्माको नेतृत्वमा सम्पन्न भेलाको संचालन रेशम सापकोटाले गरेका थिए ।
त्यसैगरि संयुक्त गठबन्धनले पोखरालेखनाथ १३ मा भेला सम्पन्न गरेको छ । पासगाँउ तमु समाजमा सम्पन्न भेलामा वडा अध्यक्ष पदका उमेद्वार हरिबहादुर गुरुङ, निर्वाचन परिचालन समितिका दिपक तामाङ, सु. नौ बहादुर गुरुङ, मोहम्मद अलिमिया, तारा परियारलगाएतले विकासका लागि स्थानिय चुनावमा दक्ष व्यक्ति चुनिनु आवश्यक रहेकाले स्पष्ट विचार भएको मसाल चिह्नमा मतदान गर्न अपिल गरेका थिए । भेला पश्चात वडामा घरदैलो कार्यक्रम भएको थियो ।
संयुक्त गठबन्धनले कास्कीको माछापुच्छ«े गाउँपालिकामा समेत घरदैलो कार्यक्रमलाई तिव्र बनाएको छ । माछापुच्छ«े गाउँपालिकाका प्रमुख पदका उमेद्वार तोयानाथ लम्साल र निर्वाचन परिचालन समितिका खड्ग बहादुर गुरुङको नेतृत्वमा स्थानिय वासिन्दासहितको टोलीले घरदैलो गरेको हो । त्यस्तै पोखराका विभिन्न ठाउँमा मोटरसाईकल ¥याली गर्दै महेन्द्रपुलमा समेत गठबन्धनले घरदैलो गरेको छ । कास्कीका गाउँपालिका तथा पोखरा लेखनाथ महानगरका सबै वडाहरुमा घरदैलो कार्यलाई तिव्र बनाएको निर्वाचन सम्पर्क कार्यालय कास्कीले जनाएको छ ।
संघिय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपाल चुनावी पार्टी एकता गरि मसाल चिह्नलाई आधिकारिक बनाई अधिराज्यभरि संयुक्त गठबन्धनबाट चुनावी अभियानमा लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण