स्थानीय तहको निर्वाचन ऐतिहासिक घटनाः प्रचण्ड
बुधबार, २७ वैशाख २०७४, १९ : ४५
काठमाडौँ, वैशाख २७ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन नेपालको निर्वाचनको इतिहासमा पहिलो ऐतिहासिक घटना भएको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) शङ्खरापुर नगर समितिले आज साँखुमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन २० वर्षपछि हुन लागेको भनी भइरहेको प्रचारप्रसार गलत भएको बताए ।
‘यसअघि विसं २०५४ मा भएको निर्वाचन स्थानीय निकायको हो, अहिले हुन लागेको चुनाव सिंहदरबारको अधिकार गाउँपालिका र नगरपालिकामा पुर्याउने एक युगमा एकपटक हुने घटना हो’ – उनले भने ।
माओवादीका नगर प्रमुख उम्मेदवार कृष्णराज सुवेदीले शङ्खरापुर नगरपालिकाको विकास र समृद्धिको मुद्दा लिएर आफूले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको बताए ।
कागेश्वरी मनोहरा नगरपालिकाको थलीचौरमा आजै आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उम्मेदवारी दर्ता गर्ने दिनसम्म कसैले पनि चुनाव हुन्छ भनी विश्वास नगरेको उल्लेख गर्दै अब कसैले चाहँदैमा निर्वाचन नरोकिने बताए।
नगर प्रमुख उम्मेदवार महेश्वर फुयाँलले कागेश्वरी मनोहरा नगरपालिकामा कसैसँग पनि चुनावी तालमेल नहुने प्रष्ट पारे ।
गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा आयोजित सभामा प्रधानमन्त्री दाहालले अँँध्यारो समयलाई अन्त गर्दै उज्यालो ल्याउन र २५ वर्षदेखि ओरालो लागेको आर्थिक वृद्धिदरलाई नौ महिनामा सात प्रतिशत पुर्याउन माओवादी नेतृत्वको सरकार सफल भएको बताए ।
‘पहिलो संविधानसभा निर्वाचनपछि हामीले केही गल्ती गरेकाले दोस्रो संविधानसभा निर्वाचनमा हार व्यहोनुपर्यो, अब माओवादीले गल्ती गर्दैन ढुक्क भएर मतदान गर्नुस्’– उनले भने ।
आर्थिक समृद्धितिर लैजानका लागि सरकारले आधार बनाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले माओवादी स्थानीय तह निर्वाचनमा एक नम्बर पार्टी बन्ने दाबी गरे।
नगर प्रमुख उम्मेदवार तेजराज नेपालले गोकर्णेश्वर नगरलाई विकासको मार्गमा अघि बढाउन आफू चुनावमा होमिएको बताए |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल
-
जनकपुरका गुठी जग्गा र पोखरी अतिक्रमणको खोजी सुरु, सात दिनभित्र खाली गर्न सूचना
-
ट्वाइलेट सिटको पानी पिउने प्रतियोगिता आयोजना
-
बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा
-
इराकमार्फत आएको अमेरिकी युद्धविराम प्रस्ताव इरानले गर्यो अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण