जिप दुर्घटना र आगलागीबाट दुईको मृत्यु
बिहीबार, २८ वैशाख २०७४, २१ : २०
तम्घास (गुल्मी), वैशाख २८– सदरमुकाम तम्घासदेखि इस्मा गाउँपालिकातर्फ जाँदै गरेको जिप आज दुर्घटना हुँदा इस्मा, दोहोलीकी ४० वर्षीया कल्पना गन्दर्भको मृत्यु भएको छ ।
लु १ च ६६८४ नंको उक्त जिप सोही गाउँपालिका– ४ दोहोलीमा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रेम श्रेष्ठले बताए । दुर्घटनामा परी सोही ठाउँका बाबुराम गन्धर्व, हुमकला विक, रुबी सुनार र सरस्वती अर्याल घाइते भएकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिप सडकबाट १५० मि तल खसेको थियो । क्षमताभन्दा बढी सामग्री बोकेकोे जिप ओरालो सडकमा अकस्मात् ब्रेक फेल भएका कारण दुर्घटना भएको चालकले बताएका छन् । जिप चालकलाई इस्मा प्रहरीले नियन्त्रणमा लिएको छ ।
गुलरिया (बर्दिया) – अपराह्न बर्दिया नगरपालिका–१० रत्नापुर बस्ने २२ वर्षीय पुनम मल्लाहको घरायसी झगडाका कारण फुसले छाएको तीन घरगोठमा आगलागी गर्दा जलेर मृत्यु भएको छ । त्यसबाट रु छ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण