कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
सारांश
- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको आलोचनालाई गाली वा आक्रोशबाट प्रतिवाद नगर्न आग्रह गरेका छन् ।
- उनले राजनीतिक यात्रामा संयमता र धैर्यता आवश्यक रहेको बताउँदै आलोचनालाई सुधारको अवसरको रूपमा लिनुपर्ने बताए ।
- शर्माले कांग्रेसले आन्तरिक कलहभन्दा नीति र विचारमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र हुने आलोचना र मतभेदलाई स्वभाविक रूपमा लिँदै त्यसको प्रतिवाद गाली वा आक्रोशबाट नगर्न आग्रह गरेका छन् । बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बिहीबार राष्ट्रिय सभागृहमा आयोजित ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा बोल्दै शर्माले राजनीतिक यात्रामा संयमता र धैर्यता आवश्यक रहेको बताए ।
पार्टीको संस्थापन इतर समूहका नेताहरूले अघिल्लो दिन इतर समूहको भेला र त्यहाँ व्यक्त विचारप्रति गरेको तीखो टिप्पणी र गालीगलौजप्रति लक्षित गर्दै उपसभापति शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘कसैले कतै भेला भएर एकदमै आलोचना गर्नुभयो भन्दैमा त्यसकै पछि लागेर वा त्यसैको बदलामा ढुङ्गा हानेर हामी आफ्नो गन्तव्यमा पुग्न सक्दैनौँ,’ शर्माले भने । उनले पार्टीभित्र विचारको मन्थन हुँदा त्यसलाई उत्तेजनाका रूपमा नभई सुधारको अवसरका रूपमा लिनुपर्ने बताए ।
उनले थपे, ‘बाटोमा हिँड्दा कसैले आलोचना गर्यो भन्दैमा हरेक आलोचनाको प्रतिवादमा उत्रिँदा मूल लक्ष्य ओझेलमा पर्न सक्छ । त्यसैले हामी ढुङ्गा हान्ने होइन, आफ्नो उद्देश्यमा केन्द्रित भएर अगाडि बढ्नुपर्छ ।’
बीपी कोइरालाको मेलमिलाप र सहिष्णुताको राजनीतिको स्मरण गर्दै शर्माले अहिलेको नवीन परिस्थितिमा कांग्रेसले आन्तरिक कलहभन्दा पनि नीति र विचारमा केन्द्रित हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयात र निर्यातमा यी हुन् उत्कृष्ट भन्सार कार्यालय, ११ नाकाबाट निर्यात शून्य
-
एआईको शरीर
-
एकैदिन ४४.४ अर्ब डलरले घट्यो एलन मस्कको सम्पत्ति
-
दोलखामा पहिरोमा परेका एक जना पुरुष ३ दिनदेखि बेपत्ता
-
एक वर्षमा चार खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात, डिजेलमा सबैभन्दा धेरै रकम बाहिरियो
-
इलाम नगरलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्न सरकारसमक्ष सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण