वान बेल्ट वान रोड अवधारणामा नेपालद्वारा हस्ताक्षर (हेर्नुहोस् ६ तस्विर)
काठमाडौँ, वैशाख २९ – नेपालले वान बेल्ट वान रोड (ओबिओआर)मा सहभागिता जनाउने समझदारीपत्रमा शुक्रबार हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा शुक्रबार बिहान नेपालका तर्फबाट परराष्ट्रसचिव शंकरदास बैरागी र चीनका तर्फबाट नेपालका लागि राजदूत यु होङले हस्ताक्षर गरेका हुन् ।
मन्त्रिपरिषद्ले सोमबार गरेको निर्णयअनुसार शुक्रबार बिहान परराष्ट्र मन्त्रालयमा हस्ताक्षर भएको हो ।
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत तथा अर्थमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा चीनसँग ओबिओआरमा सहभागी हुनेसम्बन्धी समझदारीपत्र (एमओयु)मा हस्ताक्षर गरिएको छ ।
परराष्ट्र मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा बोल्दै महतले यो सम्झौताले नेपाल र चीनबिच कनेन्टीभिटीको महत्वपूर्ण माध्यम बन्ने आशा व्यक्त गरे । उनले यो सम्झौता नेपालका लागि महत्वपूर्ण भएको बताए ।
समझदारीपछि चीनसँग कनेक्टिभिटी, लगानी, क्षमता अभिवृद्धि, मुद्रा उपयोग, व्यापार तथा पारबहनलगायतका विषयमा सहकार्यको बाटो खुल्ने नेपालले अपेक्षा गरेको छ ।
अल्पविकसित राष्ट्रका रुपमा रहेको नेपालको विकासमा देखिएको चुनौती सामना गर्नका लागि यो सम्झौता लाभदायक हुने सचिव शंकर दास बैरागीले बताए ।
नेपालले चीनसँग ओबिओआर अवधारणामा सहभागी हुने सैद्धान्तिक प्रारम्भिक समझदारीपत्रमा सन् २०१४ डिसेम्बरमा हस्ताक्षर गरेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक चीन भ्रमणका क्रममा ओबिओआरमा हस्ताक्षर गर्ने सहमति भएको थियो ।
ओबिओआर मञ्चको बेइजिङमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उपप्रधानमन्त्री कृष्णबहादुर महरा नेतृत्वमा तीन मन्त्रीसहितको प्रतिनिधिमण्डल शुक्रबारै चीन जाँदै छ ।
प्रतिनिधिमण्डलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की सहभागी हुनेछन् । सम्मेलन आइतबार र सोमबार सञ्चालन हुने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
-
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
-
यस्तो थियो पुष्पलालले तयार गरेको नेकपाको पहिलो घोषणा पत्र
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
रुबियो र लाभरोभबिच भेटवार्ता : इरान र युक्रेन युद्धबारे महत्त्वपूर्ण छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण