प्रधानमन्त्री समक्ष प्रज्ञा प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत
शुक्रबार, २९ वैशाख २०७४, १३ : ०९
काठमाडौं, बैशाख २९ - प्रधानमन्त्री एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।
आज विहान प्रधानमन्त्री कार्यालय शिंहदरवारमा प्रतिष्ठानका उपकूलपति गंगा उप्रेतिले प्रधानमन्त्री समक्ष प्रतिवेदन प्रस्तुत गरेका हुन् । प्रतिवेदनमा आर्थिक वर्ष २०७२/०७३ मा प्रतिष्ठानले गरेका कार्यहरुको विवरण उल्लेख गरिएको छ ।
प्रतिवेदन ग्रहण गरिसकेपछि प्रधानमन्त्रीले ६० वर्ष लामो इतिहास बोकेको गरिमामय सस्था प्रज्ञा प्रतिष्ठानको विकास र प्रगतिको पक्षमा आफ्नो सधै साथ र सहयोग रहने बताए । उनले प्रज्ञामा अक्षयकोष र बजेट बृद्धिका लागि आफूले निर्देशन दिइसकेको वताउँदै देश संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा गइसकेको वर्तमान अवस्थामा प्रतिष्ठानको संरचना र यसका कामहरुलाई के कसरी पुर्नसंरचित गर्ने यसमा आवश्यक छलफल र गृहकार्यका लागि प्राज्ञहरुलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
-
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
-
यस्तो थियो पुष्पलालले तयार गरेको नेकपाको पहिलो घोषणा पत्र
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
रुबियो र लाभरोभबिच भेटवार्ता : इरान र युक्रेन युद्धबारे महत्त्वपूर्ण छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण