चितवन : निर्वाचनको तयारी अन्तिम चरणमा
चितवन, २९ वैशाख । आउँदो आइतबार हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सात तहमा तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका रहेका छन् । निर्वाचनका लागि १६१ वटा मतदानस्थलमा ३७६ केन्द्र रहेका छन् । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार ती केन्द्रमा कर्मचारी पुगेर बिहीबारदेखि परिचयपत्र वितरण थालेका छन् । परिचयपत्र भोलिसम्म परिचयपत्र वितरण गर्ने छन् । यसै अवधिमा मतदान दिने स्थल व्यवस्थापनको काम पनि उनीहरुले गरिरहेको न्यौपानेले बताए ।
एउटा केन्द्रमा मतदान अधिकृत एकजना, सहायक मतदान अधिकृत एकजना, नायब सुब्बा वा खरिदार दुईजना र दुईजना सहायकस्तरका कर्मचारी खटिएका छन् । जिल्लाका सात तहका ३७६ केन्द्रमा दुई हजार २५० जना कर्मचारी परिचालन गरिएको छ । सबै केन्द्रमा मतपत्रसहित आवश्यक सामग्री पुगिसकेको मुख्य निर्वाचन अधिकृत न्यौपानेले बताए । मतदानस्थलमा केन्द्रको सङ्ख्याका आधारमा सुरक्षाकर्मी खटिसकेका छन् ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार नेपाल प्रहरी र म्यादी प्रहरी गरेर न्यूनतम नौजनादेखि ३३ जनासम्म एकै स्थलमा खटिएका छन् । बाहिरी घेरामा सशस्त्र प्रहरीले गस्तीमार्फत सुरक्षा दिन थालिसकेको उनले बताए । बाहिर रहेर मतदानस्थलको सुरक्षा नेपाली सेनाले पनि दिन थालेको भट्टले बताए ।
नेपाली सेना र सशस्त्र प्रहरीले सातवटै तहमा बेसक्याम्प निर्माण गरिसकेको छ ।
सोही बेसक्याम्पमार्फत मतदान केन्द्रको गस्ती उनीहरुले गरिरहेका छन् । “मतदानस्थल वरपरको क्षेत्रमा सेनाले गस्ती गर्नेछ,” उनले बताए – “केही समस्या परेमा पाँच मिनेटभित्र सेना मतदान केन्द्रमा पुग्न सक्छ ।”
जिल्लाका सात तहमा नेपाल प्रहरी, म्यादी प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी, सशस्त्र प्रहरी र नेपाली सेना गरी पाँच हजारभन्दा बढी परिचालन हुने उनले बताए । जिल्लामा तीन लाख १३ हजार दुई मतदाता रहेका छन् । सात तहमा ९८ वटा वडा रहेका छन् । उनीहरुले सातजना प्रमुखसहित ५०४ जना जनप्रतिनिधि निर्वाचित गर्ने छन् । दलित र अल्पसङ्ख्यकबाट २० जना मनोनीत गरिनेछ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण