प्रहरीको गोली लागेर मारिएका पाठकको अन्त्येष्टि
बुधबार, ०३ जेठ २०७४, १२ : ३४
काठमाडौं, जेठ ३–काभ्रेको नमोबुद्धमा बैशाख ३१ गतेको चुनावको अघिल्लो रात सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका २८ बर्षीय नवराज पाठकको मंगलबार अन्त्येष्टि गरिएको छ ।
पाठकको मृत्यु भएपछि गृह मन्त्रालयले सहिद घोषणा गर्दै १० लाख क्षतिपुर्ति दिने निर्णय गरेसँगै मंगलबार साँझ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो ।
सरकारले घटनाको उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्ने निर्णय समेत गरिसकेको छ । अन्त्येष्टि कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिका साथै सर्वसाधारणको सहभागिता रहेको सञ्चारकर्मी जयराम सिग्देलले जानकारी दिए । मृतक पाठकको एक छोरा र श्रीमती रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान अझै लामो दूरीका हतियार प्रयोग गर्न तयार देखियाे : अमेरिकी सुरक्षा विश्लेषक
-
विश्वकप फाइनलमा किन अर्जेन्टिना हारोस् भनिरहेको छ ल्याटिन अमेरिका ?
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
-
हेर्नुहोस् साताका ६ तस्बिर
-
अमेरिकी सम्झौता उल्लङ्घनले ट्रम्पको हस्ताक्षर मूल्यहीन देखायो : खामेनी
-
विष्णु पौडेल रिहा भएको विषयमा रास्वपा सांसद पन्थी भन्छन्–वस्तुनिष्ठ समीक्षा हुनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण