आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

बागलुङ निसीखोला गाउँपालिकामा काँग्रेस विजयी

बुधबार, ०३ जेठ २०७४, १२ : ४२
बुधबार, ०३ जेठ २०७४

बागलुङ, ३ जेठ । जिल्लाको निसीखोला गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।

दुई हजार ९३७ मत प्राप्त गर्दै नेपाली काँग्रेसका तारानाथ पौडेल गाउँपालिका प्रमुखमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्र का प्रेम घर्तीले हजार ३८ मत प्राप्त गरेका छन् ।

गाउँपालिका उपप्रमुखमा पनि नेपाली काँग्रेसकै शोभा कार्की विजयी भएका छन्। उनले दुई हजार ८७२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी यशोधा रेग्मीले दुई हजार तीन मत प्राप्त गरेका छन् ।

सात वडा भएको निसीखोला गाउँपालिकामा वडा नं १, ४, ५ र ६ मा क्रमशः नेपाली काँग्रेसका इन्द्रबहादुर शाही, टीकानिधि पौडेल, हर्कमान घर्ती र सूर्यबहादुर घर्ती समूहसहित विजयी भएका छन् ।

वाड नंं २ मा माओवादी केन्द्रका कुवीर विक र वडा नं ३ मा राष्ट्रिय जनमोर्चाका जुनविक्रम शाही विजयी भएका छन् । वडा नं ७ मा भने स्वतन्त्र उम्मेदवार तेजिन्द्रविक्रम कुँवरको समूह विजयी भएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप