आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘अन्तर्कथा’सँगै युकेमा एकल साँझमा उत्रिदै राजन

बुधबार, ०३ जेठ २०७४, १२ : ४४
बुधबार, ०३ जेठ २०७४

काठमाडौं, जेठ ३ – गायक तथा संगीतकार राजन राई युकेमा एकल सांगीतिक कार्यक्रममा प्रस्तुत हुँदैछन् । चलचित्र निर्देशक एवं निर्मातासमेत रहेका राजन ३ जुनमा एकल साँझमा प्रस्तुत हुन लागेका हुन् । केही पहिले ‘प्रगतिशील गायक’का रुपमा समेत चिनिएका उनी पहिलो पटक युकेमा एकल सांगीतिक कार्यक्रममा प्रस्तुत हुन लागेका हुन् । राजन युकेमा एकल साँझमा मात्र प्रस्तुत हुने छैनन् । जहाँ उनले आफ्नो बृत्तचित्र ‘अन्तरर्कथा’ पनि देखाउँनेछन् । पहिचानवादी तथा जनपक्षीय गीतसंगीतका पक्षधर मानिने राजनले ‘अन्तर्कथा’मा आदिवासीकै आवाज बुलन्द गरेको बताए । उनका अनुसार बृत्तचित्रमा २५० बर्षे विभेद तथा दलनको कथाब्यथा र त्यसकाबिरुद्ध जनताले गरेका बिद्रोहका अन्तरसंघर्षलाई चित्रण गरिएको छ । बृत्तचित्र राजनकै कथा तथा निर्देशनमा तयार भएको हो । यसलाई उनी खोज तथा अनुसन्धानमूलक बृत्तचित्र भन्न रुचाउँछन् । नेपाली सांगीतिक क्षेत्रमा तीन दशकभन्दा लामो समय विताइसकेका राजनले सांगीतिक करिअरको प्रारम्भबाटै जनपक्षीय एवं जनआवाजलाई गीतमार्फत बुलन्द गर्दै आएका छन् । यहाँसम्मको यात्रामा उनले दर्जनौ एकल शो तथा प्रस्तुती दिइसकेका छन् । केही समयअघि मात्र युरोपको विभिन्न मुलुकमा सांगीतिक कार्यक्रम गरेका राजनले यसपटक पनि युकेलगायत युरोपका अन्य मुलुक र खाडी मुलुकहरुमा सांगीतिक प्रस्तुती दिन लागेका हुन् । राजनका कान थापेर सुनिदेउ, शिरैमा मेरो, तारा खस्यौली, कोशी दोभान, छितिजै पारी जस्ता दजैनौ चर्चित र कालजयी गीतहरु छन् । ती आफ्ना लोकप्रिय गीतहरु युकेमा पनि प्रस्तुत गर्ने राजनले सुनाए । – सांगीतिक यात्राको दौरानमा पहिलोपटक युकेमा रहेका नेपालीमाँझ प्रस्तुत हुन लागेकोमा अत्यन्तै खुसी लागेको राजनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप