दक्षिणपन्थीसँग साँठगाँठ गरेर पार्टी प्रतिष्ठामा आँच नपुर्याउन झलनाथको आग्रह
सारांश
- वरिष्ठ नेता झलनाथ खनालले प्रदेशहरूमा नयाँ राजनीतिक समीकरण बन्न लागेको र त्यसमा नेकपा समेत सामेल हुन लागेको चर्चा भइरहेका बेला अपवित्र साँठगाँठमा लाग्न नहुने बताएका छन् ।
- उनले यो जटिल अवस्थामा नेपाली कम्युनिस्ट पार्टीले कुनै पनि नयाँ राजनीतिक समीकरणबारे सोच्नुअघि केन्द्रीय संयोजन समितिको बैठक बोलाएर विस्तृत छलफल गर्नुपर्नेमा जोड दिएका छन् ।
- खनालले केही नेताहरूको कुर्सीमोह र आत्मतृप्तिका निम्ति मात्र साँठगाँठ गर्ने प्रवृत्ति रोक्दै आम जनतालाई क्रान्तिकारी परिवर्तनको दिशामा अघि बढाउनुपर्ने बताएका छन् ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रदेशहरूमा नयाँ राजनीतिक समीकरण बन्न लागेको र त्यसमा नेकपा समेत सामेल हुन लागेको चर्चा भइरहेका बेला अपवित्र साँठगाँठमा लाग्न नहुने बताएका छन् ।
आइतबार वक्तव्य जारी गर्दै नेता खनालले अहिलेको जटिल अवस्थामा नेपाली कम्युनिस्ट पार्टीले कुनै पनि नयाँ राजनीतिक समीकरणबारे सोच्नुअघि केन्द्रीय संयोजन समितिको बैठक बोलाउनुपर्नेमा जोड दिएका छन् ।
‘यो जटिल अवस्थामा नेपाली कम्युनिस्ट पार्टीले कुनै पनि नयाँ राजनीतिक समीकरणबारे सोच्नुभन्दा अगाडि कम्तीमा केन्द्रीय संयोजन समितिको बैठक बोलाइयोस्’, खनालले भनेका छन्, ‘आजको आवश्यकताका बारेमा कमिटीमा विस्तृत छलफल गरियोस्, क्रान्तिकारी उद्देश्य र वर्ग दृष्टिकोणलाई सर्वोपरि राखेर मात्र प्रदेशसभामा सरकार बनाउने सम्बन्धमा नीति निर्णय गरियोस् ।’
पूर्वप्रधानमन्त्री समेत रहेका खनालले पार्टीलाई दक्षिणपन्थी वर्ग सम्झौतावादको दलदलतिर जानबाट संस्थागत रुपले बचाउनुपर्ने भन्दै केही नेताहरूको कुर्सीमोह र आत्मतृप्तिका निम्ति मात्र साँठगाँठ गर्ने प्रवृत्तिलाई रोक्दै आम जनतालाई क्रान्तिकारी परिवर्तनको दिशामा अघि बढाउनुपर्ने बताएका छन् ।
‘हामी नेपालका सबै कम्युनिस्ट र वामपन्थीहरूले बुझ्नुपर्छ– यो साँठगाँठको वेला होइन सही कार्यदिशाका आधारमा पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्ने बेला हो’, खनालको भनाइ छ ।
खनालले बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेपछि मुलुकका ज्वलन्त समस्याहरू समाधानको दिशातिर जान्छन् कि भन्ने आमजनताको आशा विपरीत मुलुकको राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता,जनजीविका तथा छिमेकी मुलुकसँगका सम्बन्ध नै खलबलिन थालेको बताएका छन् ।
‘श्रमजीवी जनता खोलामा हाम फाल्न र आत्महत्या गर्न बाध्य हुन थालेको भन्दै विदेशी हस्तक्षेप र बढ्दो घरेलु अस्तव्यस्तताका विरुद्ध देशभक्त, लोकतान्त्रिक, वामपन्थी, समाजवादी र प्रगतिशील शक्तिहरू एकताबद्ध भएको जनताले देख्न चाहेको बताएका छन् ।
‘त्यसका निम्ति वामपन्थीहरूले आफूबिचका आग्रह, पूर्वाग्रह, दम्भ र घमन्ड त्यागेर वामपन्थी एकताको पहल गरेको हेर्न जनता चाहान्छन’, खनालले भनेका छन्, ‘तर नेपालका वामपन्थीहरू विगतमा नीतिहीन, वर्ग दृष्टिकोणहीन र निहित गुटगत स्वार्थका आधारमा दक्षिणपन्थी शक्तिहरूसँगको एकतामा आनन्द महसुस गर्दै आएका छन् ।’
नेपाली कम्युनिस्ट पार्टीले पनि यस्तै गल्ती गर्दै आएको भन्दै खनालले अहिले पनि त्यहीँ गल्ती गर्ने र दक्षिणपन्थी शक्तिहरू सँग साँठगाँठ गरेर कम्युनिस्ट पार्टीको प्रतिष्ठामा अझ बढी आँच पुर्याउने खतरा देखा परेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारी वर्षाका कारण माइतघीर जलमग्न (तस्बिरहरु)
-
वीपी स्मृति दिवस मनाउन प्रकाशमान सिंहको संयोजकत्वमा समिति
-
महँगी र कालाबजारी नियन्त्रण गर्न देउवा समूहले गरायो सरकारको ध्यानाकर्षण
-
वर्षौँदेखि अलपत्र बुटवल–बेथरी सडक, ठेक्का तोड्ने कि अन्तिम मौका दिने ?
-
साउनभित्र काठमाडौँमा राष्ट्रिय भेला गर्ने देउवा समूहको घोषणा
-
आन्तरिक विवाद समाधानका लागि देउवा समूहले अघि सार्यो पाँच बुँदे प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण