बहिनीले चुनाव हार्दा निरास बिपना
बुधबार, ०३ जेठ २०७४, १३ : ०४
काठमाडौं, जेठ ३ – स्थानिय निर्वाचनमा दैलेखको नारायण नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर उमेदवार बनेकी बहिनी बासना थापालाई बिजय गराउन भारतबाट माइती देश नेपाल आएकी अभिनेत्री बिपना थापाको प्रयास असफल भएको छ । अर्थात उनकी बहिनी बासना थापा चुनावमा पराजित भएकी छन् ।बहिनीले हारे पछि बिपना पनि निरास बनेकी छन् ।
नेकपा एमाले उम्मेदवार सावित्री मल्ल भन्दा ६ सय मतको भारी मतान्तरले बासना पराजित भएकी हुन् । उपमेयर लडेकी बहिनी बासना थापालाई जिताउन उनले घरदैलो देखि चुनावी सभासम्म गरेकी थिइन् । बहिनीको पराजयपछि उनी निरास बनेकी छन् ।
बिवाह पछि श्रीमान्को देश भारतको मथुरामा बस्दै आएकी बिपना बहिनीका वासनाको उमेदवारी लगतै नेपाल आएकी थिइन् ।
थुप्रै सफल चलचित्र दिएकी बिपना अभिनयबाट चर्चा र सफलता दुबै पाउन सफल अभिनेत्री हुन् । बिबाह पछि भने उनी चलचित्र अभिनयबाट टाढा रहँदै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
-
हेर्नुहोस् साताका ६ तस्बिर
-
अमेरिकी सम्झौता उल्लङ्घनले ट्रम्पको हस्ताक्षर मूल्यहीन देखायो : खामेनी
-
विष्णु पौडेल रिहा भएको विषयमा रास्वपा सांसद पन्थी भन्छन्–वस्तुनिष्ठ समीक्षा हुनुपर्छ
-
बाल सुधार गृहको अवस्था नाजुक: क्षमताभन्दा बढी बालबालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी
-
नेतान्याहूलाई पक्राउ गर्न खोजिरहेछन् न्यूयोर्कका मेयर ममदानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण