मतगणना ढिलाईः मतदाता आक्रोशित
काठमाडौं, जेठ ३–मतगणनामा भईरहेको ढिलाईप्रति आम मतदाताहरु आक्रोशित देखिन थालेका छन् ।
मत गणना कछुवा गतिमा भएपछि कार्यकर्ता, आममतदातामा मतपरिणामलाई लिएर उत्साह र जांगर भन्दा पनि निरासा थपिएको हो ।
मतगणनामा ढिलाई हुनुलाई उनीहरुले निर्वाचन आयोगको गैरजिम्मेवारी भनि टिप्पणी गरेका छन् । स्थानीय तहको निर्वाचनमा मतदानका लागि मतदातामा देखिएको उत्साह मत परिणाम आउने बेलासम्म कायम हुन नसक्नुलाई धरैले आयोगलाई नै दोष दिन थालेका छन् ।
मत गणनामा ढिलाई भएपछि अत्यन्तै चासोको काठमाण्डौ महानगरपालिकाको मतगणनास्थल राष्ट्रिय सभागृह सुनसान प्रायः हुने गरेको छ । मतगणनास्थल वरपर उम्मेदवारका प्रतिनिधि र संचारकर्मी मात्रै देखिने गरेका छन् । गणनामा ढिलाई भएपछि आम मतदाताहरुले दोश्रो चरणको निर्वाचन पछि मात्रै परिणाम आउने हो कि भन्दै आयोग प्रति व्यङग्य गर्न थालेका छन् ।
निर्वाचन आयोगले मतपत्र ठुलो भएको र एउटा मतपत्रबाट सात जना जनप्रतिनिधिले पाएको मत गन्नुपर्ने भएकाले केही ढिलाई भएको बताउदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
-
हेर्नुहोस् साताका ६ तस्बिर
-
अमेरिकी सम्झौता उल्लङ्घनले ट्रम्पको हस्ताक्षर मूल्यहीन देखायो : खामेनी
-
विष्णु पौडेल रिहा भएको विषयमा रास्वपा सांसद पन्थी भन्छन्–वस्तुनिष्ठ समीक्षा हुनुपर्छ
-
बाल सुधार गृहको अवस्था नाजुक: क्षमताभन्दा बढी बालबालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी
-
नेतान्याहूलाई पक्राउ गर्न खोजिरहेछन् न्यूयोर्कका मेयर ममदानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण