काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा नेपाली काँग्रेस विजयी
धुलिखेल, ३ जेठ । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका प्रेम तिमल्सिनाले ३८६८मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेम लामाले २७४१ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा काँग्रेसकै सरिता लामिछाने९लामा० ले ३८५२ मत प्राप्त गरी विजयी हासिल गर्नुभएको छ । उनको निकटम प्रतिद्वन्द्वी एमालेका उन्नती केसीले २८४१ मत प्राप्त गरेका छन् ।
डाँडापारिको खानीखोला गाउँपालिकाको मतगणना कार्य सम्पन्न भएको जनाए पनि सञ्चारको पहुँच नभएका कारण प्राप्त मत परिणाम आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
रोशी गाउँपालिकाको ५ नं– वडा सिसाखानीमा नेकपा माओवादी केन्द्रको समूह नै विजयी भएका छन् ।
माओवादीका तीर्थबहादुर लामाले २८४ मत प्राप्त गर्नुभएको छ भने निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका धावा लामाले २०९ मत प्राप्त गरेका छन् ।
माओवादीकोे तर्फबाट महिला सदस्य निशा लामा, दलित महिला सदस्य मैया विक, सदस्य लालसिं लामा र सञ्च लमिनी विजयी भएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान अझै लामो दूरीका हतियार प्रयोग गर्न तयार देखियाे : अमेरिकी सुरक्षा विश्लेषक
-
विश्वकप फाइनलमा किन अर्जेन्टिना हारोस् भनिरहेको छ ल्याटिन अमेरिका ?
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
-
हेर्नुहोस् साताका ६ तस्बिर
-
अमेरिकी सम्झौता उल्लङ्घनले ट्रम्पको हस्ताक्षर मूल्यहीन देखायो : खामेनी
-
विष्णु पौडेल रिहा भएको विषयमा रास्वपा सांसद पन्थी भन्छन्–वस्तुनिष्ठ समीक्षा हुनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण