आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

आफ्नै रगतले बनेको क्रिम लगाउँछिन् यी मोडल, अचम्मित पारिदिने उनको शौख

बुधबार, ०३ जेठ २०७४, १३ : ५१
बुधबार, ०३ जेठ २०७४

एजेन्सी

जेठ ३ – मोडल ह्याली बाल्डिवनले आफूले आफ्नै रगतले बनेको क्रिम प्रयोग गर्ने गरेको खुलासा गरेकी छिन् । वेबसाइट फिमेलफर्ट डक को डट युकेका अनुसार २० वर्षीया बाल्डविनका लागि एक छाला विशेषज्ञले उक्त क्रिम बनाउने गर्दछन् । ती विशेषज्ञले क्रिम बनाउनका लागि सबैभन्दा पहिले उनको पाखुराबाट उनको रगत निकालेर त्यसमा अन्य उत्पादन मिसाउनुभन्दा पहिले एक विशेष मेसिनद्वारा त्यसलाई फिल्टर गरिन्छ ।

बाल्डविनले लुक म्यागजिनलाई भनिन्, ‘म आफ्नो छाला विशेषज्ञले दिएका एक लोसन प्रयोग गर्दछु जुन बनाउनका लागि मेरो पाखुराबाट रगत निकालिएको छ ।’

उनका अनुसार एक मेसिनमा उनको रक्त कोशिकाहरुलाई अलग्गाएर उनका लागि क्रिम तयार गरियो जसलाई उनी अचम्म मान्छिन् ।

जब उनी काम गर्दिनन्, ह्याली मेकअप नगरी बस्न रुचाउने बताउँछिन् ।  मेकअप नगर्दा नै आफू राम्री देखिने उनी सोच्छिन् ।

उनी भन्छिन्, ‘मलाई प्राकृतिक तरिकाले बस्न मनपर्छ । मलाई लाग्छ, म मेकअप बिना अझै राम्री देखिन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप