कतार एयरवेजद्वारा बार्षिक आपतकालिन अभ्यास सम्पन्न
बुधबार, ०३ जेठ २०७४, १३ : ५१
काठमाडौं, जेठ ३– कतार एयरवेजले आफ्नो बार्षिक आपतकालिन अभ्यास ‘डेल्टा ओरेक्स २०१७’ सफलतापूर्वक सम्पन्न गरेको छ । आपतकालिन ‘साइम्यूलेशन’ अभ्यासमा हमाद ईन्टरनेशनल एयरपोर्ट (एचआइए) नजिकको समन्द्रलाई क्र्यास साइटका रुपमा प्रयोग गरिएको हो ।
योजनाबद्ध आपतकालिन साइम्यूलेशन कतार एयरवेजको बार्षिक प्रक्रिया तथा सुरक्षा अभ्यास अन्तर्गत पर्छ । आपतकालिन सुविधाको परिक्षण यसको मुल उद्देश्य हो । साथै, आपतकालिन अवस्थामा एयरवेजका कर्मचारीले पूर्ण तयारीका साथ अवस्था नियन्त्रण गर्न सकुन् भनी प्रयासका रुपमा यसको आयोजना गरिदै आएको छ ।
२८ भन्दा बढी सरकारी निकाय, सरोकारवाला, पार्टनर, हमाद ईन्टरनेशनल एयरपोर्ट, कतार कोस्टगार्ड, आन्तरिक सुरक्षा बल, कतार नेभी र कतार एमिरी एयरफोर्सको संयुक्त पहलमा आपतकालिन अभ्यास आयोजना गरिएको थियो । ‘डेल्टा ओरेक्स २०१७’का लागि एयरवेजले ३० सिटर नमुना एयरक्राफ्ट (विमान), दूई कतार एयरवेज एयरक्राफ्ट चिप्लेटी (च्युट्स), १ सय ७० स्वयम्सेवम यात्रु, ६० स्वयम्सेवक परिवारका सदस्य तथा मित्र, ३९ डम्मी (क्याजुआलिटीज्), ४० एम्बुलेन्स रेस्पोन्स भेहिकल, तीन मिलिटेरी हेलिकप्टर, पाँच एयरपोर्ट सेफ्टी एण्ड सेक्योरिटी भेहिकल र १० मोवासलट बसको प्रयोग गरिएको थियो ।
कतार एयरवेजका गु्रप चिफ एक्जेक्यूटिभ महामहिम अकबर अल बाकरले ‘डेल्टा ओरेक्स २०१७’को सफलतापूर्वक आयोजना गर्न पाउँदा निकै हर्सित भएको वताएका छन् । आपतकालिन साइम्यूलेसन हाम्रा कर्मचारीका लागि चुनौतीका रुपमा प्रस्तुत गरेको उनले वताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान अझै लामो दूरीका हतियार प्रयोग गर्न तयार देखियाे : अमेरिकी सुरक्षा विश्लेषक
-
विश्वकप फाइनलमा किन अर्जेन्टिना हारोस् भनिरहेको छ ल्याटिन अमेरिका ?
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
-
हेर्नुहोस् साताका ६ तस्बिर
-
अमेरिकी सम्झौता उल्लङ्घनले ट्रम्पको हस्ताक्षर मूल्यहीन देखायो : खामेनी
-
विष्णु पौडेल रिहा भएको विषयमा रास्वपा सांसद पन्थी भन्छन्–वस्तुनिष्ठ समीक्षा हुनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण