नेताको छोराको पेस्तोल समात्ने एसपी हेड्क्वार्टर तानिए !
जेठ ३, काठमाडौं– धादिङ्गको खनियावास गाउँपालिका–५ का वडा अध्यक्षका उम्मेदवार रण बहादुर तामाङ्गको छोरालाई पेस्तोल सहित पक्राउ गरेर मुद्दा चलाउन खोजेपछि एसपी शरद खत्री प्रहरी प्रधान कार्यालय तानिएका छन् ।
वैशाख २९ गते कांग्रेस उम्मेदवार रण बहादुरको छोरा युल छिरिङ्ग तामाङ्गको साथमा पेस्तोल फेला परेको थियो । खनियाँबास–५ स्थित बसलादेवि मतदान केन्द्र बाहिर चेकजाँचको क्रममा तामाङ्गको साथमा पेस्तोल र तिन राउण्ड गोली फेला परेपछि प्रहरी उनलाई पक्राउ गरेर कारवाही प्रक्रिया अगाडी बढाएको थियो ।
युल तामाङ्ग र उनका साथी जय कुमार तामाङ्गलाई हात हतियार खरखजाना मुद्दा चलाउने तयारी गरेपछि गृहमन्त्री विमलेन्द्र निधीको आदेशले खत्रीलाई हेड्क्वार्टर तानिएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए । युल तामाङ्ग पक्राउ परेपछी रातोपाटीसँग कुरा गर्दै एसपी खत्रीले उनीमाथी हातहतियार तथा खरखजाना मुद्दा चलाइने बताएका थिए ।
एसपी खत्री प्रहरी प्रधान कार्यालय तानिएसँगै कामु प्रमुख जिल्ला अधिकारी उमेश ढकालले युल तामाङ्गलाई उन्मुक्ति दिने तयारी गरेको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ । सह–सचिवको दरबन्दी भएपनी उप–सचिव ढकाललाई गृहमन्त्री निधीले धादिङ्गको कामु प्रजिअ बनाएर पठाएका थिए ।
एसपी खत्रीलाई तान्नुको कारणबारे प्रतिक्रिया लिनका लागी सम्पर्क गर्दा प्रहरी प्रवक्ता सर्वेन्द्र खनाल सम्पर्कमा आउन चाहेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
-
हेर्नुहोस् साताका ६ तस्बिर
-
अमेरिकी सम्झौता उल्लङ्घनले ट्रम्पको हस्ताक्षर मूल्यहीन देखायो : खामेनी
-
विष्णु पौडेल रिहा भएको विषयमा रास्वपा सांसद पन्थी भन्छन्–वस्तुनिष्ठ समीक्षा हुनुपर्छ
-
बाल सुधार गृहको अवस्था नाजुक: क्षमताभन्दा बढी बालबालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी
-
नेतान्याहूलाई पक्राउ गर्न खोजिरहेछन् न्यूयोर्कका मेयर ममदानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण