मेलम्ची– ६, ७ र ८ मा एमाले, ९ मा काँग्रेस विजयी
मेलम्ची, ३ जेठ । मेलम्ची नगरपालिका– ६, ७ र ८ मा नेकपा (एमाले) विजयी भएको छ भने सोही नगरपालिकाको वडा नं– ९ मा नेपाली काँग्रेस विजयी भएको छ ।
नगरपालिकाको वडा नं– ६ को वडाध्यक्षमा एमालेका जितराज थापाले ८०४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका प्रेम तामाङले ६२५ मत प्राप्त गरेका छन् ।
यसैगरी सोही नगरपालिकाको वडा नं ७ को वडाध्यक्षमा एमालेका ज्ञानु श्रेष्ठले एकम हजार ९९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका ज्यानबहादुर तामाङले ७२२ मत प्राप्त गरे ।
सो नगरपालिकाको वडा नं– ८ को वडाध्यक्षमा एमालेका छङ्कराज गिरीले ३६४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जितबहादुर दोङले ३२७ मत प्राप्त गरे ।
यस्तै सो नगरपालिकाको वडा नं– ९ को वडाध्यक्षमा काँग्रेसका कमलबहादुर खड्काले ९२८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ठाकुरप्रसाद कुँइकेलले ६५८ मत प्राप्त गरेका छन् ।
यसैगरी मेलम्ची नगरपालिकाको पछिल्लो मत परिणामअनुसार नगर प्रमुखमा नेकपा (एमाले)का डम्वर अर्यालले पाँच हजार ५५५ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका आइतमान तामाङले चार हजार ९४२ मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)का श्याम खड्काले दुई हजार ३२२, राप्रपाका फणिन्द्र दाहालले दुई हजार एक मत प्राप्त प्राप्त गरेका छन् ।
यस्तै सो नगरपालिकाको नगर उपप्रमुखमा एमालेका भगवती नेपालले पाँच हजार ७४७, काँग्रेसका सविता गुरुङले चार हजार ७१९, राप्रपाका कुमारी तामाङले दुई हजार १६५ र नेकपा (माओवादी केन्द्र)का मुनादेवी ढकालले एक हजार ९९८ मत प्राप्त गरेका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान अझै लामो दूरीका हतियार प्रयोग गर्न तयार देखियाे : अमेरिकी सुरक्षा विश्लेषक
-
विश्वकप फाइनलमा किन अर्जेन्टिना हारोस् भनिरहेको छ ल्याटिन अमेरिका ?
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
-
हेर्नुहोस् साताका ६ तस्बिर
-
अमेरिकी सम्झौता उल्लङ्घनले ट्रम्पको हस्ताक्षर मूल्यहीन देखायो : खामेनी
-
विष्णु पौडेल रिहा भएको विषयमा रास्वपा सांसद पन्थी भन्छन्–वस्तुनिष्ठ समीक्षा हुनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण