माइकल ज्याक्सनकी छोरीले टपलेस फोटो सार्वजनिक गर्दै भनिन्, ‘म भविष्यमा पनि यस्तो गरिरहनेछु’
म्याक्सिम डट कम
जेठ ३ – माइकल ज्याक्सनकी छोरी र अमेरिकी मोडल पेरिस ज्याक्सनले केही दिन अघि एक टपलेस फोटो इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् । निकै भाइरल भइरहेको उक्त श्यामश्वेत फोटोमा पेरिसलाई चुरोट तानिरहेको देख्न सकिन्छ ।
उनी खुल्ला आकाश मुनी सनबाथ लिइरहेकी छिन् । फोटोसँगै उनले निकै लामो पोष्ट पनि लेखेकी छिन् । जसमा उनले लेखेकी छिन्, ‘नग्नता प्राकृतिक हो जसले हामीलाई मानव बनाएको छ । यो त्यसैको हिस्सा हो ।’
‘म यस्ता फोटो पोष्ट गरिरहनेछु । जसलाई मसँग समस्या छ, उनीहरुले मलाई अनफलो गर्न सक्छन्,’ उनी थप्छिन् । स्मरण रहोस्, पेरिसको इन्स्टाग्राममा १.५ मिलियन फलोअर्स छन् ।
१९ वर्षकी पेरिस इन्स्टाग्राममा लेख्छिन्, ‘प्रकृतिमा फर्केर जानका लागि नग्नता एक आन्दोलनको रुपमा स्थापित भएको थियो । यहाँसम्म कि यसलाई दर्शनको रुपमा हेरियो । यसले हामीलाई धरातलमा जोड्न सहयोग गर्दछ र यो एक निकै राम्रो कुरा हो जसलाई हामी कामुकताको रुपमा हेर्नु हुँदैन ।’
‘मानव शरिर एक निकै राम्रो रचना हो र त्यसमा केही खोट भए, त्यसले केही फरक पार्दैन । शरिरमा दाग भएपनि, तौल बढि भएपनि वा चाउरीले ढाकेको अवस्थामा पनि मानव शरिर निकै राम्रो छ । आफूलाई जसरी हेर्न सहज हुन्छ, त्यसरी नै हेर्नुपर्छ,’ उनले भनिन् ।
आफ्ना आलोचकमाथि व्यंग्य गर्दै उनी लेख्छिन्, ‘यदि मेरो तस्बिरले कसैलाई समस्या धएको छ भने म त्यो कुरा बुझ्न सक्छु । यी आपत्तिमा म रोकिने छैन, त्यसको सट्टा म भन्न चाहन्छु कि मलाई फलो गर्न छोड्नुहोस् । यो विषयमा म माफी माग्दिनँ । म यस्तै छु । मलाई आफू हुन लाज लाग्दैन र आफ्नो धारणालाई गोप्य राख्न पनि मनलाग्दैन । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
-
हेर्नुहोस् साताका ६ तस्बिर
-
अमेरिकी सम्झौता उल्लङ्घनले ट्रम्पको हस्ताक्षर मूल्यहीन देखायो : खामेनी
-
विष्णु पौडेल रिहा भएको विषयमा रास्वपा सांसद पन्थी भन्छन्–वस्तुनिष्ठ समीक्षा हुनुपर्छ
-
बाल सुधार गृहको अवस्था नाजुक: क्षमताभन्दा बढी बालबालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी
-
नेतान्याहूलाई पक्राउ गर्न खोजिरहेछन् न्यूयोर्कका मेयर ममदानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण