यस्तो छ शङ्करापुरको सातवटा वडाको मतपरिणाम
काठमाडौँ, ३ जेठ । काठमाडौँको शङ्करापुर नगरपालिकाको सातवटा वडाको मतपरिणाम सार्वजनिक भएको छ ।
शङ्करापुर– १, २ र ५ मा नेकपा एमाले, वडा नं– ३ मा नेकपा माओवादी केन्द्र, वडा नं– ४ मा नेपाली काँग्रेस तथा वडा नं– ६ र वडा नं– ७ मा राप्रपा विजयी भएको छ ।
निर्वाचन अधिकृत भुवनेश्वर पौडेलकाअनुसार शङ्करापुर– १ मा एमालेका श्याममणि ढुङ्गाना, २ मा जीवन लामा र वडा नं– ५ मा शेरगम्भीर थापा विजयी भएका छन् ।
यस्तै वडा नं– ३ मा माओवादी केन्द्रका सन्तबहादुर तामाङ, वडा नं– ४ मा काँग्रेसका बुद्धिबहादुर लामा, वडा नं– ६ मा राप्रपाका राधाकृष्ण श्रेष्ठ र ७ मा राप्रपाकै विष्णुप्रसाद श्रेष्ठ वडाध्यक्षमा विजयी भएका छन् ।
यसैगरी शङ्करापुर नगरप्रमुखमा एमालेका सुवर्ण श्रेष्ठले तीन हजार २८४, काँग्रेसका शङ्कर तिवारीले दुई हजार १५९, राप्रपाका मीजेन्द्रकाजी श्रेष्ठले दुई हजार १५३ र माओवादी केन्द्रका कृष्णराज सुवेदीले दुई हजार ३० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पौडेलले बताए । कुल १७ हजार मतदाता रहेको शङ्खरापुरमा १४ हजार ७७६ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
-
हेर्नुहोस् साताका ६ तस्बिर
-
अमेरिकी सम्झौता उल्लङ्घनले ट्रम्पको हस्ताक्षर मूल्यहीन देखायो : खामेनी
-
विष्णु पौडेल रिहा भएको विषयमा रास्वपा सांसद पन्थी भन्छन्–वस्तुनिष्ठ समीक्षा हुनुपर्छ
-
बाल सुधार गृहको अवस्था नाजुक: क्षमताभन्दा बढी बालबालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी
-
नेतान्याहूलाई पक्राउ गर्न खोजिरहेछन् न्यूयोर्कका मेयर ममदानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण