आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चलचित्रका हिट हिरो स्थानीय चुनावमा फ्लप

बुधबार, ०३ जेठ २०७४, १४ : ३९
बुधबार, ०३ जेठ २०७४
काठमाडौं, जेठ ३ –डेब्यु चलचित्र ‘चपली हाइट’बाटै अभिनयमा सफलताको झण्डा गाड्न सफल अभिनेता राज घिमिरे राजनीतिमा भने चिप्लिएका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट गोदावरी नगरपालीका वडा नं ३ को अध्यक्ष उमेदवार बनेका घिमिरेले मत परिणाममा बिपक्षी नेकपा एमालेको उमेद्धारवार भन्दा पछि परेका हुन् । नेकपा एमालेका उमेदवार मुकुन्द घिमिरेले करिब पाँचसय मतले राजलाई पछि पार्दै अध्यक्षमा बिजय भएका छन् । अभिनयबाट चर्चा र सफलता दुबै पाउन सफल घिमिरे अभिनय यात्रालाई थाती राख्दै राजनीतिमा होमिएका थिए । स्वास्थ्य, शिक्षा, रोजगारी र विकासका मुल नारा अगाडि सार्दै निर्वाचनमा होमिए घिमिरे स्थानिय तहमा हुने भ्रष्टचारको बिरुद्द लड्दै आएका ब्याक्ति पनि हुन् । वडा अध्यक्षमा आफु विजयी भएपछि पाउने मासिक तलब र सुविधाको रकम नगरका विपन्न, दलित तथा जेहेन्दार विद्यार्थीहरुको अध्यायनका लागि लगाउने घोषणा समेत उनले गरेका थिए । उनको पराजयले बिपन्न र दलित बिद्यार्थी दुखी बनेको एक स्थानियको भनाई रहेको छ । सेक्स कन्टेन्ट उठाएको दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘चपली हाइट’मा अभिनेत्री बिनितासँग रोमान्स गरेर हिट भएका राजले केही म्युजिक भिडियो समेत अभिनय गरेका छन् । स्थानिय निर्बाचनको पराजयले राज अबका दिनमा अझ ससक्त भएर राजनीतिमा होमिने हुन् वा चलचित्र अभिनयमा रमाउने हुन् त्यो भने भोलिका दिनले देखाउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप