जुम्लाका सात स्थानीय तहमा यस्तो छ मतपरिणाम : काँग्रेस–माओवादी बराबर
जुम्ला, ३ जेठ । तातोपानी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नवराज न्यौपाने र उपाध्यक्षमा सोही पार्टीकै गङ्गादेवी उपाध्याय विजयी भएका छन् ।
निर्वाचन अधिकृत नोखबहादुर बस्यालकाअनुसार न्यौपानेले दुई हजार ३९१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सुरतबहादुर शाहीले दुई हजार २५ मत प्राप्त गरे ।
उपाध्यक्षमा माओवादी केन्द्रका उपाध्यायले एक हजार ९६२ मत ल्याई विजयी भएका छन् । उनका प्रत्याशी एमालेका नारायणी चौलागाईंले एक हजार ९०६ मत प्राप्त गरे ।
कनकासुन्दरी र पातारसीमा काँग्रेस विजयी
यसैगरी कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका नरवीर रावत र उपाध्यक्षमा काँग्रेसकै उर्मिला भण्डारी विजयी भएका छन् ।
रावतले दुई हजार ११३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका राजजङ्ग हमालले एक हजार ८४४ मत प्राप्त गरे । उपाध्यक्षमा भण्डारीले एक हजार ९४१ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका मिमसरा राना रावतले एक हजार ४३१ मत प्राप्त गरेको निर्वाचन अधिकृत तुमनाथ उप्रेतीले जानकारी दिए ।
यसैगरी पातारासी गाउँपालिका अध्यक्षमा काँग्रेसका लक्षिमन बोहोरा र उपाध्यक्षमा सोही पार्टीका पुन्नकली महतारा विजयी भएका छन् ।
निर्वाचन अधिकृत जगत बस्नेतकाअनुसार बोहोराले दुई हजार ३११ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गौरीशङ्कर बुढाले एक हजार ९३० मत प्राप्त गरे । उपाध्यक्षमा महताराले दुई हजार २५ मत प्राप्त गर्नुभयो । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जनमाया रोकायाले एक हजार ८५५ मत प्राप्त गरे ।
तिलामा अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी
तिला गाउँपालिकाको अध्यक्षमा एमालेका रतननाथ योगी एक हजार ७६८ मत ल्याई विजयी हुनुभएको छ । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जङ्गबहादुर बस्नेतले एक हजार ७४४ मत प्राप्त गरे ।
निर्वाचन अधिकृत माधवप्रसाद पौडेलकाअनुसार उपाध्यक्षमा माओवादी केन्द्रका विष्णु बुढाले एक हजार ७७४ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विष्णुकली रावतले एक हजार ६१६ मत प्राप्त गरे ।
अहिलेसम्म जुम्लामा मतपरिणाम सार्वजनिक भएका सात स्थानीय तहमा अध्यक्ष पदमा काँग्रेस र माओवादी केन्द्र तीन–तीन वटामा तथा एमाले एउटामा विजयी भएको छ भने उपाध्यक्ष पदमा माओवादी केन्द्र चार, काँग्रेस दुई र एमाले एउटामा विजयी भएको जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले जानकारी दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
-
हेर्नुहोस् साताका ६ तस्बिर
-
अमेरिकी सम्झौता उल्लङ्घनले ट्रम्पको हस्ताक्षर मूल्यहीन देखायो : खामेनी
-
विष्णु पौडेल रिहा भएको विषयमा रास्वपा सांसद पन्थी भन्छन्–वस्तुनिष्ठ समीक्षा हुनुपर्छ
-
बाल सुधार गृहको अवस्था नाजुक: क्षमताभन्दा बढी बालबालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी
-
नेतान्याहूलाई पक्राउ गर्न खोजिरहेछन् न्यूयोर्कका मेयर ममदानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण