आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

सिमिकोटमा काँग्रेस, चोखेली र नाम्खामा माओवादी केन्द्र विजयी

बुधबार, ०३ जेठ २०७४, १८ : १२
बुधबार, ०३ जेठ २०७४
हुम्ला, जेठ ३ – हुम्लाको सिमिकोट गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका पदमबहादुर लामा एक हजार ३६५ मत ल्याएर विजयी भएका छन् । त्यसैगरी, उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार बली रावत एक हजार ३७५ मत ल्याएर निर्वाचित भएका छन् । चौखेली गाउँपालिकामा नेकपा माओवादी केन्द्रका धनलाल चौलागाईं एक हजार २२४ मतसहित अध्यक्षमा विजयी भएका छन् । उपाध्यक्षमा नेकपा (एमाले) का विमलाकुमारी शाही एक हजार २३ मतसहित विजयी भएकी छिन् । यसैगरी, नाम्खा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर तामाङ ८३३ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार पोमा तामाङ ७०४ मतका साथ विजयी भएका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप