अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी केन्द्र विजयी
बुधबार, ०३ जेठ २०७४, १९ : ४०
मलेखु (धादिङ), जेठ ३ – उत्तरी धादिङको नेत्रावती गाउँपालिकामा नेकपा (एमाले) ले अध्यक्ष र नेकपा माओवादी केन्द्रले उपाध्यक्ष पदमा विजय हासिल गरेको छ ।
मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका उम्मेदवार दुर्गा शाक्यले एक हजार ६४६ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टेकजङ्ग लामाले एक हजार ५७३ मत प्राप्त गर्नुभयो ।
यसैगरी, उपाध्यक्षमा माओवादी केन्द्रका उर्मिला तामाङ एक हजार ५४२ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी आशमाया तामाङले एक हजार ५९ मत प्राप्त गर्नुभयो ।
उत्तरी धादिङको रुवी भ्याली गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ ।
अध्यक्ष पदमा चेरुङ तामाङ एक हजार ४८४ मत र उपाध्यक्ष पदमा विना लामा एक हजार ४०९ मतसहित विजयी हुनुभयो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण