आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

सीमावर्ती क्षेत्रमा जिप दुर्घटना हुदा भारतीय नागरिकको मृत्यु

बुधबार, ०३ जेठ २०७४, २० : ५०
बुधबार, ०३ जेठ २०७४
सन्जय मिश्र रौतहट, जेठ ३ –जिल्लाको सिमावर्ती क्षेत्रमा बुधवार साँझ भएको जिप दुर्घटनामा एकजना भारतीयको मृत्यु भएको छ भने, अन्य १० जना गम्भीर भएको छ । स्थानीय सगैया गाउँबाट बिहेको कुरो छिनेर घर तर्फ फर्की रहेको बिआर ३० पि ७४२५ नम्बरको जिप साझ साढे ६ बजे बन्कुल छेउ भकुआ पुल नजिकै बाटो को करिव आठ १० फिट तल झरेको थियो । दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने जिपमा सवार अन्य १० जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविनकृस्न भण्डारीले बताएका छ्न । घाइते सबैईको जिल्ला अस्पताल गौरमा उपचार भैईरहेको डिएसपी भण्डारी ले जान्कारी दिएका छन । दुर्घटनामा परेका सबै भारत बिहार मोतिहारी जिल्ला हरपुर घर भएको बताईए पनि हल सम्म नाम खुल्न न सकेको प्रहरीले जनाएको छ । तीब्र गतिमा गैईरहेको जिपको ब्रेक फेल भएर बाटो तल झरेको प्रहरीको अनुमान रहेको र घटना बारे थप अनुसन्धान भैईरहेको जिल्ला प्रहरी रौतहट ले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप