सप्तरीको मलेठमा मृतकका परिवारलाई दश/ दश लाख हस्तान्तरण
बुधबार, ०३ जेठ २०७४, २१ : ३६
राजविराज (सप्तरी), जेठ ३ – उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले सप्तरीको मलेठमा प्रहरीद्वारा मारिएका मृतक पाँच जनाको परिवारलाई तथा आफन्तलाई आज राजविराजमा आयोजित एक कार्यक्रममा राहत स्वरुप दश÷दश लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।
उपप्रधानमन्त्री निधिले सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्को निर्णयअनुसार पाँचै जनालाई सहिद घोषणा गरिएको जानकारी दिनुभयो ।
एमालेको मेची–महाकाली अभियानअन्तर्गत मलेठस्थित राजविराज गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आयोजित कार्यक्रमको विरोध गर्ने क्रममा गत फागुन २३ गते मधेसी मोर्चा र प्रहरीबीच भएको झडपमा परी पाँच जनाको मृत्यु भएको थियो ।
सप्तरीको मलेठका सन्जन मेहता, पीताम्बर मण्डल र वीरेन्द्र महतो, प्रसवनी ५ टेङ्गरीका सिनियर अहेव आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादवको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
यस्तै, उपप्रधानमन्त्री निधिले मलेठ घटनाको बारेमा पुनरावेदन अदालतका पूर्वमुख्य न्यायधीश अली अकबर मिकरानीको संयोजकत्वमा पूर्वन्यायाधीश एकराज बराल र पूर्वप्रहरी महानिरीक्षक श्याम बहादुर खडका रहनुभएको तीन सदस्यीय उच्चस्तरीय आयोग गठन गरिएको र त्यसले एक महिनाभित्र प्रतिवेदन बुझाउने जानकारी दिनुभयो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण