उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
मस्को । उत्तर कोरियाका विदेशमन्त्री चोई सोन हुईले शनिबार मस्कोको भ्रमण गरेकी छन् । चोईले आफ्ना रूसी समकक्षी सर्गेइ लाभरोभसँग वार्ता गर्ने कार्यक्रम रहेको रूसी विदेश मन्त्रालयले जनाएको छ ।
उत्तर कोरियाली नेता चोई सोन हुई ‘जुलाई १८ मा रुसी सङ्घको औपचारिक भ्रमणका लागि’ मन्त्री लाभरोभको निमन्त्रणामा आएकी हुन् । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि प्योङयाङ र मस्कोबिच सम्बन्ध थप मजबुत बन्दै गएको छ ।
दुई देशबिच सन् २०२४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्योङयाङ भ्रमण गर्दा रक्षा सम्झौतामा हस्ताक्षर भएको थियो । उत्तर कोरियाले युक्रेनमा रुसलाई सहयोग गर्न मिसाइल, गोलीगठ्ठा र हजारौँ सैनिक पठाएको छ ।
विश्लेषकहरूका अनुसार मस्कोले कूटनीतिक रूपमा अलग–थलग रहेको देशलाई आर्थिक सहायता, सैन्य प्रविधि, खाद्यान्न र ऊर्जा उपलब्ध गराइरहेको छ । अप्रिलमा उत्तर कोरियाली नेता किम जोङ उनले रुसलाई युद्ध जित्न सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
रुसी रक्षा मन्त्री आन्द्रेई बेलौसोभ र अन्य उच्च पदाधिकारीहरू अप्रिलमा प्योङयाङ गएका थिए जसमा सैन्य सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो ।
बेलौसोभले मस्कोले सन् २०२७ देखि सन् २०३१ को अवधिका लागि सहकार्य योजना विस्तार गर्न तयार रहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण