आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

रघुगङ्गा गाउँपालिकामा काँग्रेस विजयी

बिहीबार, ०४ जेठ २०७४, ०८ : ४२
बिहीबार, ०४ जेठ २०७४
बेनी - म्याग्दीआज बिहान ५ बजे सार्वजनिक गरिएको परिणामअनुसार म्याग्दीको रघुगङ्गा गाउँपालिकामा नेपाली काँग्रेसका भवबहादुर भण्डारी चार हजार ४३४ मत प्राप्त गरी विजयी भएका छन् । भण्डारीका प्रतिस्पर्धी नेकपा एमाले–नेकपा माओवादी ९केन्द्र० संयुक्त गठबन्धनका खिमबहादुर शाहीले दुई हजार ७३० मत प्राप्त गर्नुभएको रघुगङ्गा गाउँपालिकाका निर्वाचन अधिकृत विश्वामित्र कुइँकेलले जानकारी दिए, भने शाही नेकपा एमालेका हुन् । त्यसैगरी, उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै कमला तिलिजाले तीन हजार ८४७ मत प्राप्त गरी विजयी भए । उन्का प्रतिस्पर्धी एमाले–माओवादी केन्द्रका हरि भण्डारीले दुई हजार ६६२ मत प्राप्त गरे । भण्डारी नेकपा माओवादी केन्द्रका हुन् । आठवटा वडा रहेको रघुगङ्गा गाउँपालिकाका सातवटा वडामा नेपाली काँग्रेस र एक वडामा माओवादी केन्द्रले विजय हासिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप