ढोरपाटन र बडीगाढमा एमाले विजयी
बिहीबार, ०४ जेठ २०७४, ०८ : ५०
बागलुङ - जिल्लाको ढोरपाटन नगरपालिकामा नेकपा ९एमाले० विजयी भएको छ । दुई हजार ६९२ मत ल्याएर एमालेका देवकुमार नेपाली प्रमुख पदमा निर्वाचित हुनुभएको छ । उपप्रमुख पदमा पनि एमालेकै करमती घर्तीले दुई हजार ७९ मत ल्याएर विजयी बनेका छन् ।
यस्तै, जिल्लाको बडीगाढ गाउँपालिकामा पनि एमालेका मेयरसिंह पाइजा अध्यक्ष पदमा निर्वाचित भएका छन् । उपाध्यक्ष पदमा भने नेपाली काँग्रेसका अम्मरबहादुर श्रीस विजयी बने ।
योसँगै एमालेले जिल्लाका तीनवटा स्थानीय तहमा विजय हासिल गरेको छ । १० वटा स्थानीय तह रहेको बागलुङमा नेपाली काँग्रेसले तीन, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले एक÷एक स्थानमा जित हासिल गरेका छन् । बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाको भने मतगणना जारी छ । बागलुङ नगरपालिकामा एमालेले अग्रता लिएको छ भने जैमिनीमा नेपाली काँग्रेस अगाडी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण