धार्चे गाउँपालिकामा काँग्रेस, सहिद लखनमा माओवादी
बिहीबार, ०४ जेठ २०७४, ०९ : ००
गोरखा - गोरखाको धार्चे गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार सन्तबहादुर गुरुङ सन्तोष र फूलमाया गुरुङ क्रमशः प्रमुख र उपप्रमुख पदमा विजयी भए । नेकपा एमाले र नयाँ शक्ति नेपाल पार्टीबीच तालमेल भई प्रमुख पदमा लडेका नयाँ शक्तिका लक्ष्मण गुरुङ पराजित भएका हुन् ।
प्रमुख पदमा विजयी सन्तबहादुरले एक हजार ७०९ मत ल्याउनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी नयाँ शक्तिका लक्ष्मणले एक हजार ६५६ मत प्राप्त गरे । उपप्रमुखका काँग्रेसकी फूलमायाले एक हजार ५९५ मत ल्याउनुभयो भने नेकपा माओवादी केन्द्रकी आशा गुरुङले एक हजार १२८ मत प्राप्त गरी पराजित भए ।
माओबादीले खाता खोल्यो
नेकपा माओवादी केन्द्रले सहिद लखन गाउँपालिकाको प्रमुख र उपप्रमुखमा जितेर गोरखामा विजयको खाता खोलेको छ । प्रमुखमा रमेश थापाले तीन हजार ८०८ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कृष्णबहादुर आलेले तीन हजार ४०४ मत प्राप्त गरेका छन् ।
यस्तै, उपप्रमुखमा माओवादी केन्द्रकी इन्दिरा तिवारीले तीन हजार ७९८ मत प्राप्त गर्नुभयो भने निकतटम प्रतिद्वन्द्वी काँग्रेसकी शर्मिला श्रेष्ठले तीनहजार ५७५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसअघि चुमनुब्री, सिरानचोक, अजिरकोट र गण्डकी गाउँपालिकामा काँग्रेसले विजय हासिल गरिसकेको छ । भीमसेन, आरुघाट, सुलिकोट गाउँपालिकामा मत गणना भइरहेको छ । यस्तै, गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा पनि मतगणना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण