बेहुलालाई मण्डपबाटै उठाएर लिएर जाने ‘रिभल्भर रानी’
बीबीसी
जेठ ४ – सुन्दा यो फिल्मको कहानी जस्तो लाग्छ तर यो वास्तविक हो । उत्तर प्रदेशको हमिरपुर जिल्लामा एक युवतीले बन्दुक तेर्साएर बेहुलाको अपहरण गरेकी छिन् ।
हमिरपुर जिल्ला मुख्यालयबाट करिब ७० किलोमिटर टाढा रहेको पद्मनाभन स्कूलमा एक विवाह समाप्त हुने अवस्थामा थियो ।
धेरैजसो पाहुना खाना खाएर गइसकेका थिए । दुबै परिवारका आफन्त मात्र मण्डपमा थिए । त्यतिबेला स्कूलको प्राङ्गणमा एक एसयूभी गाडी रोकियो । त्यहाँबाट एक युवती बन्दुक देखाउँदै निस्किइन् । उनीसँगै दुई पुरुष पनि थिए । ती युवतीले बन्दुक बेहुलाको टाउकोमा तेर्साउँदै आफूसँग हिँड्न आदेश दिइन् ।
बेहुलाले त्यस्तै गरे र एसयुभी त्यहाँबाट निकै तेज गतीमा निस्कियो । विवाहको मण्डपमा भएका सबैजना सशंकित भए । हमिरपुर पुलिसले घटनाबारे छानबिन गरिरहेको छ ।
पुलिसले ती महिला को थिइन् र उनले बेहुलालाई किन अपहरण गरिन् भन्ने बारे अनुसन्धान भइरहेको पुलिसले जानकारी दिएको छ ।
पुलिसले बेहुला हमिरपुरको मटौंधा गाउँमा बस्ने अशोक यादव भएको बताएको छ । उनको विवाह भारती यादवसँग भइरहेको पनि पुलिसले जानकारी दिएको छ ।
महिलाको पहिचानको रहस्यः
हमिरपुरका एसपी बीके मिश्राले भने, ‘बेहुलीको पक्षले घटनाको लिखित सुचना दिएका छन् । उनीहरुले कुनै महिलाले बन्दुक तेर्साएर बेहुलाको अपहरण गरेको बताएका छन् । हामीले यसबारे अनुसन्धान गरिरहेका छौं । महिला को थिइन्, के नाम हो, यसबारे अनुसन्धान गरिँदै छ ।’
अशोकलाई जो महिलाले अपरण गरे, उनीहरु दुबैबिच प्रेम सम्बन्ध रहेको हुनसक्ने आशंका पुलिसले गरेको छ । दुबैले गोप्य रुपमा विवाह पनि गरिसकेको बताइएको छ ।
एसपी बिके मिश्राले बीबीसीलाई भने, ‘अशोक अन्य महिलासँग विवाह गरिरहेका थिए त्यसकारण महिलाले उनको अपहरण गरिन् ।’
अशोकका पिता रामहेत यादवले पुलिसलाई दिएको जानकारी अनुसार उनका छोराको आठ वर्ष पहिले विवाह भएको थियो । उनका दुई छोरी पनि छन् । दुई वर्ष पहिले उनकी श्रीमतीको मृत्यु भएको थियो ।
उनले बीबीबीसीलाई भने, ‘अब अशोकले लुकेर विवाह गरेको भन्ने विषयमा त केही जानकारी छैन ।’ अर्कोतर्फ बेहुलीका पिता रामसजिवन यादवले भने, ‘हामीले विवाहमा अत्यधिक पैसा खर्च गरेका छौं । हामीले न्याय पाउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण